शैक्षिक हड्ताल फिर्ता

२०७१ आश्विन ४ गते, शनिबार


काठमाडौँ, ४ असोज । शिक्षा मन्त्रालयमा हिजो साँझ भएको सर्वपक्षीय वार्तामा मनोमानीरुपमा वृद्धि गर्ने निजी विद्यालयमाथि कारबाही गर्नेलगायत नौबुँदे सहमति भएपछि नेकपा–माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी) ले गरेको शैक्षिक हड्ताल फिर्ता लिएको छ ।
सो सङ्गठनले आजदेखि निजी विद्यालयमा तीन दिने शैक्षिक हड्ताल गरेको थियो । क्रािन्तकारीका कोषाध्यक्ष लालबहादुर तामाङले वार्तामा नियमविपरीत शुल्क लिने निजी विद्यालयलाई शिक्षा ऐनको दफा १६ घ (७) बमोजिम रु दुई हजार ५०० जरिवाना गर्ने सहमति भएको जानकारी दिनुभयो ।
वार्तामा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन) तथा अभिभावक सङ्घका प्रतिनिधिसमेत सहभागी थिए ।

प्रतिक्रियाहरु