शैक्षिक प्रणालीमा परिवर्तन अनिवार्य – प्रशान्त लामा दोङ

२०७३ मंसिर २१ गते, मंगलवार

विश्व परिवेशमा यतिखेर मानव समुदायलाई दोस्रो संसारमा बसाउने कल्पना भइरहेको छ । जीव तथा बनस्पतिको शुक्ष्म अध्ययन र अनुसन्धान भइरहेको छ । बास्तवमै भन्नुपर्दा शैक्षिक परिपाटी मानव समुदायलाई चकित पार्ने अनुसन्धान र आविस्कार भइरहेको छ । आज युरोपियन मूलुकको शैक्षिक प्रणाली सिकारूलाई आविस्कार भइसकेको तथ्यलाई सिकाउने भन्दा पनि सिकारूलाई नविन वस्तु तथा नविन तथ्यको खोजि गराउन लगाव बनाउन केन्द्रित देखिन्छ ।प्राचीन सभ्यतामा कल्पना गरिएका तथ्यालाई आविस्कारको दिशातर्फ सिकारूलाई केन्द्रित गराएको देखिन्छ । कुनै बेला लेखक लिओ नार्दो द भिञ्चिले चित्रद्रारा आकाश उढ्ने बिमानको यस्तो खालको हुनेछ भनेर चित्रको कल्पना गरेका गरेका थिए । त्यही कल्पना जगमा रहेर हवाइजहाजको निर्माण गरेका थिए । आज विकसीत मूलुकको शिक्षा प्रणाली पृथ्वी भन्दा दोस्रो संसारको संभावित अनुसन्धान गरिरहेका छन , पृथ्वीमा जीवित जीवको विकास गर्न सकिने संभावित सबैखाले अध्ययनको अनुसन्धानको कल्पना भइरहेका छन , सिकारूमा प्रारम्भिक भाषिक विकास गराए पश्चात त्यही भाषिक आधारको आधारमा विश्वमा विकसित तथ्यहरूको प्रमाणिकरण गर्ने शैक्षिक प्रणाली चलिरहेको छ अनि तर्कशास्त्र , अर्थशास्त्र , समाजशास्त्र प्रयोग सैद्धान्तिक भन्दा प्रयोगात्म तबरले केन्द्रित शैक्षिक प्रणाली विकसित मूलुकमा चलिरहेको छ । आज विकसित मुलुक अमेरीका , जपान , उत्तर कोरिया , क्यूवा , रूस , चिन , बेलायत , दक्षिण कोरिया जस्ता मुलुकहरू नविन वस्तुको खोज र आविस्कार गर्न प्रतिस्पर्धा गरिरहेका छन , नविन तथ्यको खोज र आविस्कार गर्न सिकारूलाई केन्द्रित गराउने शैक्षिक प्रणालीमा प्रतिस्पर्धा गर्न लागि परिरहेका छन । यति मात्रै नभएर विश्व ब्रम्हाण्डलाई कसरी शैक्षिक तथा प्राविधिक दास बनाउन लागि परिरहेका छन , नेपालको शिक्षा प्रणाली युरोप समुदायले 600 बर्ष अगाडी कल्पना गरेको शैक्षिक प्रणाली लागू भइरहेका छ । कुनै बेला अमेरीकी मूलुकमा काला जातिका मानिसहरू पशुको दर्जामा राखिन्थ्यो तर आज तिनै अमेरीकी समुदायमा गोरा जातिका अधिकाँस मानव समुदाय बिवाह बन्धन बाँधिन्छ । आज अमेरेकी शिक्षा प्रणाली खुल्ला किसिमको छ कि उनीहरू मनोरञ्जन खुल्ला रूपमा स्वतन्त्र रूपले गर्छन । आज नेपाली मानव समुदाय जातजाति बीचको अस्तित्व खोजिरहेका छन तर विकसित मुलुकको समुदाय फरक जातजाति बिचको अण्डा र डिम्बबाट उत्पन्न मानव चेतको विकासको गुणात्मक मापदण्ड खोजिरहेका छन । नेपाली समुदाय फरक जातजातिको राज्यको कल्पना गरिरहेका छन भने विकसित मुलुकको मानव समुदाय विश्वलाई एउटै समुदाय कसरी बनाउन सकिन्छ भन्ने कल्पना गरिरहेका छन ।नेपालको शिक्षा प्रणाली सैद्धान्तिक जगमा नरहेर कपोकल्पित जगमा उभेको छ , तथ्यगत प्रयोगवादी सिद्धान्तमा नभएर सैद्धान्तिक सँस्कृतिक सिद्धान्तमा केन्द्रित छ , शैक्षिक योग्यता व्यवहारवादको सिद्धान्तमा नभएर सैद्धान्तिक औपचारिक प्राप्तिको सिद्धान्तमा छ , सिकारूको चिन्तनशील लगावको जगमा नभएर क्षणिक सैद्धान्तिक औपचारिकताको सिद्धान्तमा केन्द्रित छ अनि शिक्षाले नयाँ वस्तुको आविस्कार भन्दा आविस्कार भएका नवीन सैद्धान्तिक चेत दिलाउने मात्रै काम गरेको छ । नेपालको शिक्षाले सिकारूलाई बिज्ञानको H2O पानीको आणविक सूत्रको ज्ञान दिन्छ तर सिकारूलाई पानीबाट H2O कसरी संयोजन भएको हो भन्ने कुराको प्रयोगात्मक ज्ञान दिने जमर्को गरिदैन , हलो जोत्ने काममा प्रयोग हुन्छ भने ज्ञान दिन्छ तर हलो तयार गर्ने बनाउने व्यवहारिक दिदैन , नेपालमा इञ्जिनियरलाई भिल्डिङ कसरी बनाउनुपर्छ भन्नै सैद्धान्तिक ज्ञान दिन्छ तर भिल्डिङ संरचनामा निर्माण गर्ने व्यवहारिक ज्ञान दिदैन ,अनि गणित शिक्षामा क्षेत्रफल , आयातन र परिधिको कुरो सिकाइन्छ तर सिकारूले त्यसको व्यवहारिक प्रयोग कसरी गर्ने भन्ने आविस्कारक ज्ञान दिदैन , कोण र दिशाको सैद्धान्तिक छ तर त्यसको व्यवहारिक ज्ञान दिदैन ।जस्तो नेपालको शिक्षाले एउटा सिकारू इञ्नियरिङ सम्बन्धी सैद्धान्तिक ज्ञान थाहा छ तर व्यवहारिक प्रयोग के हो भनेर प्रयोग गरिदैन । विश्वको विकसित मूलुकमा सिकारूलाई भाषाको अनिवार्यता छैन तर नेपालमा भाषिक अनिवार्यताले जटिलता छ । जब सिकारू भाषिक जटिलता संग अवरोध गर्दछ सिकारूको शैक्षिक विकासको आधारभूत चेतना खुड्कीलोमा प्रभाव पर्दछ । यसो हुनु भनेको सिकारू भाषिक जटिता चक्करमा फस्नु हो ।जस्तो जपान विकसित राष्ट्र हो तर जपानमा भाषिक जटिलता छैन , त्यहाँ सिकारूले जपनिज भाषाको बर्णको ज्ञान बाहेक चेनात्मक चरण सिकारूको आफ्नै मौलिक भाषामा सिक्दछन , सिकारूलाई स्वतन्त्र छोड्छन भाषिक रूपमा ।अनि चिनमा आफ्नै देशको स्वतन्त्र लिपि छ त उनी हरक्षेत्रमा आफ्नै भाषा छ । त्यसैले यि मूलुकहरू शैक्षिक प्रगतिले विश्वमा उदयमान मुलुक बनेको छ । यस अर्थमामा नेपालको शैक्षिक प्रणाली परिवर्तन अनिवार्य छ भन्दा उपयुक्त नै होला ।
/

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु