शेर्पा भाषामा उद्घोषण तालिम सम्पन्न

२०७३ बैशाख ११ गते, शनिबार

काठमाडौँ, ११ वैशाख । शेर्पा संघ जापान टोकाइको सहयोगमा शेर्पा संचार समूह नेपालद्वारा सन्चालित १५ दिने शेर्पा भाषामा उद्घोषण तालिम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल शेर्पा महिला संघकि अध्यक्ष ङिमी शेर्पा,आचार्य नुर्बु शेर्पा,हिमालयन शेर्पा सास्कृतिक केन्द्रका अध्यक्ष लाक्पा शेर्पा,पुर्ब सभासद आङ्दावा शेर्पा ,आदिबासी जनजाती पत्रकार महासंघ का अध्यक्ष लगायतका उपस्थित रहेका थिए । कार्यक्रममा बोल्ने अधिकाङ्स बक्ताहरुले अब शेर्पा समुदायको भाषा ,कलाको संरक्षणमा त्यस्तै मिडियामा अब शेर्पाहरुको पनि उल्लेखनीय सहभागिता हुनुपर्नेमा जोड दिए । उक्त कार्यक्रम गत चैत २५ देखि शुरु भइ बैशाख ११ गते समापन भएको हो । उत्घोषण तालिमका सहभागी पर्सिक्षार्थीहरुलाइ आचार्य नुर्बु शेर्पा र सन्चारका अध्यक्ष डोमा शेर्पाले प्रमाणपत्र बितरण गरे। समापन कार्यक्रम शेर्पा सन्चारका अध्यक्ष डोमा शेर्पाले गरेकी थिइन । कार्यक्रममा बोल्दै अध्यक्ष डोमा शेर्पाले पत्रकारिता तथा उत्घोषण तालिमलाइ आउदो दिनमा पनि निरन्तर दिने जानकारि गराए ।

प्रतिक्रियाहरु