शेयर बजार दोहोरो अङ्कले बढ्यो

२०७५ भाद्र २८ गते, बिहीबार

काठमाडौ, २८ भदौ । नेपाल स्टक एक्सचेञ्जका अनुसार लगातार उकालो लाग्दै आएको शेयर बजारमा आज पनि दोहोरो अङ्कले वृद्धि भएको छ । आज शेयर कारोवार मापक नेप्से परिसूचक १४.१३ विन्दुले बढेर एक हजार २४४.८४ विन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३.४७ विन्दुले बढेर २६४.२७ विन्दुमा पुगेको छ । आज कारोवार रकममा समेत वृद्धि भएको छ । कूल १७३ कम्पनीको २७ लाख ११ हजार ११० कित्ता शेयर रु ७२ करोड ९८ लाख पाँच हजार ५४६ मूल्यमा खरीद–बिक्री भएको छ । आज तीन उपसमूहको शेयर मूल्य भने घटेको छ । निर्जीवन बीमा ४१.४१, माइक्रोफाइनान्स ०.६९ र जीवन बीमा ११.१८ विन्दुले घट्दा बैंकिङ १६.२, होटल ३२.१९, विकास बैंक ११.२७, जलविद्युत् ४.५३, फाइनान्स २.२, उत्पादन २.०६ र अन्य उपसमूह २२.२९ विन्दुले वृद्धि भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु