शेयर बजार दोहोरो अङ्कले बढ्यो

२०७५ माघ १ गते, मंगलवार

काठमाडौँ, १ माघ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएर कारोवार मापक नेप्से परिसूचक १७ दशमलव ५१ विन्दुले बढेर १ हजार १९५ दशमलव ५४ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलव ०६ विन्दुले बढेर २५३ दशमलव ५३ विन्दुमा पुगेको छ । स्टकका अनुसार मंगलबार कूल १५८ कम्पनीको ८ लाख ३५ हजार २३९ कित्ता शेयर रु. ३९ करोड लाख ७३ लाख ५५ हजार ५४० मूल्यामा खरिद विक्री भएका छन् । तर सोमबार भने रु २६ करोड ८१ लाख २४ हजार ६४४ मूल्यमा खरिद बिक्री भएको थियो । यसदिन ४ हजार ६ सय ३५ वटा कारोबार भएका छन् । मंगलबार कारोवार भएका कूल ११ वटै उपसमूहको शेयर मूल्य बढेको छ । बैकिङ उपसमूह ५.०४ अंक, टे«ेडिङ उपसमूह २.८७ अंक, होटल ६.५ अंक, विकास बैंक १६.७५ अंक, जलविद्युत ५२.७७ अंक, वित्त ०.८९ अंक, निर्जिवन विमा समूह २३२.९२ अंक, उत्पादन तथा प्रशोधन २.६५ अंक, अन्य ११.५५ अंक, लघुवित्त ५३.५४ अंक र जीवन वीमा उपसमूह १९७.०९ अंकले बढेका छन् । कारोबार रकममा नागरिक लगानी कोषले अग्रता लिएको छ । नागरिक लगानीको ८ करोड ३१ हजार ४८४ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल बैंक लिमिटेड, नेपाल लाइफ इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स कम्पनी र सानाकिसा विकास बैंक परेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार

नेप्से १५.४१ अंकले घट्यो !

२०८१ बैशाख १० गते, सोमबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०८१ बैशाख ४ गते, मंगलवार