शेयर बजारमा गिरावट

२०७५ कार्तिक १८ गते, आईतवार

काठमाडौं, १८ कात्तिक । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कारोवार मापक नेप्से परिसूचक १३ दशमलव ३४ विन्दुले घटेर एक हजार २०७ दशमलव ६४ विन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आज करीब दुई प्रतिशतले बजारमा गिरावट आएको हो । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ७६ विन्दुले घटेर २५६ दशमलव ९१ विन्दुमा पुगेको छ । नेप्सेमा उच्च गिरावट आए पनि कारोवार रकममा भने वृद्धि भएको छ । कूल १५४ कम्पनीको २७ लाख २९ हजार १३० कित्ता शेयर रु ५६ करोड ४७ लाख ८७ हजार ७३६ मूल्यमा खरीद–बिक्री भएको छ । स्टकका अनुसार आज अन्य उपसमूहको मात्रै शेयर कारोवारमा वृद्धि भएको छ । सो उपसमूहको शेयर कारोवार ४ दशमलव २३ विन्दुले बढेको छ । यस्तै बैंकिङ १६ दशमलव १६, होटल ५ दशमलव शून्य चार, विकास बैंक ७ दशमलव ३१, जलविद्युत् ११ दशमलव ८३, वित्त ३ दशमलव ५७, निर्जीवन बीमा ६५ दशमलव ३९, उत्पादन १५ दशमलव २३, माइक्रोफाइनान्स ९ दशमलव ०४ र जीवन बीमा ९८ दशमलव ९७ विन्दुले घटेको छ । टेको बजारमा समता माइक्रोफाइनान्स वित्तीय संस्था, साइन रेसुङ्गा विकास बैंक र आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् । लाइफ इन्सुरेन्स कम्पनी, एभरेस्ट बैंक, हिमालयन डिस्टिलरी तथा देवः विकास बैंकका शेयरधनीले भने गुमाएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार