शुभश्री एकेडेमीका सञ्चालक अखिल क्रान्तिकारीको फन्दामा

२०७३ चैत्र ४ गते, शुक्रबार

काठमाडौं, ३ चैत । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारिले शुभश्री एकेडेमीका सञ्चालक बालकृष्ण ओलीलाई पक्राउ गरेर जिल्ला प्रशासन कार्यालय सल्यानमा बुझाएको छ । शुभश्रीका सञ्चालक ओलीले खुला शिक्षाको नाममा विद्यार्थी र अभिभावकलाई ठगी गरेको भन्दै अखिल क्रान्तिकारीले कानुन बमोजिम कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय सल्यानमा बुझाएको हो । ओलीले सीईई परीक्षा पास गर्न नसकिने भन्दै भ्रम फैलाएर खुला शिक्षाको नाममा मोटो रकम असुल गरिरहेको अखिल क्रान्तिकारीले बताएको छ। पास गर्ने ग्यारेण्ट गर्ने भन्दै ओलीले प्रतिव्यक्ति ५० देखि ६० हजार असुल गरिरहेको क्रान्तिकारी राप्ती क्षेत्रीय समन्वय समितीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
दाङ स्थायी घर भएका ओलीले पास गर्न सजिलो हुने भन्‍दै ओलीले दाङ घोराहीस्थित शुभश्री एकेडेमी र आइरन गेट ईन्स्टिच्युटमार्फत विद्यार्थीलाई सल्यान र रुकुम परीक्षा दिन लगाएका थिए । उनीहरुबाट पास गरिदिने भन्‍दै मोटो रकम असुल गरेको बताइएको छ । यसको लागि ओलीसहित विद्याल प्रशासनको मिलेमतो रहेको अखिल क्रान्तिकारीको दाबी छ ।
अखिल क्रान्तिकारिले शुभश्री एकेडेमीका सञ्चालक बालकृष्ण ओलीलाई कारवाही गर्नुका कारण यस प्रकार रहेको जनाएको छ –
१.करिब २०० विद्यार्थीलाई १०० प्रतिशत पास गराउने भन्दै प्रत्येक विद्यार्थीबाट करिव ५०- ६० हजारसम्म असुली गरेको । (जब कि खुल्ला शिक्षाबाट परीक्षा दिन जम्मा -१५६० मात्र लाग्छ)
२. सल्यान र रुकुमबाट पास गर्न सजिलो हुन्छ भन्दै खाना, बस्न, गाडीभाडाबाफत चर्को शुल्क लिएको र छात्रहरुमाथी यौन दुर्व्यवहार गरेको ।
३. जिल्ला शिक्षा कार्यलयको मिलेमतोमा प्रकृया नपुगेका विद्यार्थीहरुलाई समेत परीक्षामा सहभागी बनाइएको।
४. आर्थिक प्रलोभनमा पारी विद्यालयको मिलोमतोमा आवश्यक न्युनतम प्रक्रिया नपुर्‍याई परीक्षामा सामेल बनाएको।
५. जिल्ला शिक्षा कार्यालय, सम्बन्धित स्कुल र दलालहरु (किरण न्यापाने, दिपक न्यौपाने र बालकृष्ण ओली) ले परीक्षा गार्डहरु किनबेच गरेको।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु