शिक्षा मन्त्रालयलाई सचेतपत्र

२०७२ श्रावण ७ गते, बिहीबार

काठ्माडौं, ७ साउन । नेकपा माओवादी निकट अखिल (क्रान्तिकारी) ले शिक्षा मन्त्रालयलार्ई विगतका सहमतिहरु कार्यान्वयनको लगि सचेततापत्र बुझाउँदै कडा चेतावनी दिएको छ । संगठनका अध्यक्ष सरद रसाइलीको नेतृत्वमा बुधबार शिक्षा मन्त्रालय पुगेका टोलीले बारम्बार अनुरोध गर्दा पनि अटेर गरे अाफै कारबाही गर्नेसम्मको आन्दोलन तालिका पेस गरेका थिए ।
गत वैशाख ६ गते भएको सहमति कार्यान्वयन हुनुपर्ने, भूकम्प गएको समयको शुल्क लिन नपाउने, विदेशी नामका स्कूल, कलेजको नाम फेर्नुपर्ने लगायतका विषयमा यसअघि भएका सहमति कार्यान्वयन गर्न सचेत गराउँदै शिक्षा मन्त्रालयलाइँ चेतावनीपत्र दिएको अध्यक्ष रसाइलीले बताए ।
उक्त सचेतपत्रमा साउन ६ गतेदेखि १० गतेसम्म कडा आन्दोलनको कार्यतालीका उल्लेख गरिएको छ । साउन ७ गते देशभरिका विदेशी नामका शिक्षण संस्थाहरुलाई चेतावनी पत्र दिने, ९ गते उच्च माध्यमिक शिक्षा परिषद्, प्याब्सन, एनप्याब्सन लगायतका सम्पूर्ण शिक्षण संस्थाहरुमा घेराउ, धर्ना तथा तालाबन्दी र १० गते देशैभरका शिक्षा क्षेत्रका गलत व्यक्तिहरुको सूचि तयार गरेर सांकेतिक कारबाही गर्ने जनाइएको छ ।

प्रतिक्रियाहरु