शिक्षामा व्यापक अनियमतता

२०७१ बैशाख ९ गते, मंगलवार


काठमाडौं । जिल्ला शिक्षा कार्यालयहरले करोडौँ रकम अनियमितता गरेको पाइएको छ ।अवकाश पाएका शिक्षकलाई तलब निकासा गर्ने, अभिलेखमै नभएका विद्यालयलाई अनुदान दिने, बढी तथा दोहोरो रकम नियमविपरीत वितरण गरेर अनियमितता गरेको पाइएको हो ।शिक्षा विभागको कार्यक्रम कार्यान्वयन पुस्तिकाअनुसार शिक्षकको तलबभत्ता र ग्रेडसमेत यकिन गरी तलबभत्ता निकासा गर्नुपर्नेमा जिशिकाहरले अनियमित ढंगले निकासा गरेको पाइएको हो ।महालेखा परीक्षकको ५१आँै वाषिर्क प्रतिवेदन ०७० ले झन्डै साढे तीन करोड रकम अनियमित ढंगले बाँडिएको भन्दै रकम असुली र जिम्मेवारलाई कारबाही गर्न सुझाब दिइएको छ । एक वर्षमा तीन करोड २९ लाख ५५ हजार रुपैयाँ बढी निकासा भएको पाइएको छ ।आर्थिक वर्ष ०६८र६९मा सप्तरी, खोटाङ, कालिकोट, डोटीलगायत १० जिल्लाका शिक्षा कार्यालयले विद्यालय तथा शिक्षकका नाममा ५२ लाख ७१ हजार रुपैयाँ दोहोरो निकासा दिएका छन् ।महोत्तरी, सिरहा, काठमाडौं, बारा, कालिकोट, कञ्चनपुरलगायत ३७ जिल्लाका शिक्षा कार्यालयले विद्यालयहरले पाउनुपर्नेभन्दा दुई करोड ४१ लाख ९९ हजार बढी निकासा दिएका छन् ।
यसैगरी बारा, काठमाडौं, महोत्तरी, सर्लाही, ओखलढुंगालगायत २७ जिल्ला शिक्षा कार्यालयले सेवाबाट अवकाश पाइसकेका शिक्षकहरको तलबभत्ताका लागि ६१ लाख २४ हजार रुपैयाँ निकासा दिएको पाइएको छ ।समग्रमा आव ०६८र६९मा ४३ जिल्ला शिक्षा कार्यालयले चार सय ९२ विद्यालयलाई तीन तीन करोड ५५ लाख ९४ हजार बढी व्ययभार पर्ने गरी निकासा दिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रियाहरु