शिक्षामा देखिएका समस्या र समाधानको बिकल्प – प्रशान्त लामा दोङ

२०७५ भाद्र ३० गते, शनिबार

नेपालमा शिक्षकको समस्या आजको होइन, हिजो पनि थियो र आज पनि छ । विद्यालयमा सत्रथरीको शिक्षक नियुक्तिको कानुनी बैधानिक बाटो राज्यले खोल्ने, आज तिनै सत्रथरी शिक्षकले राज्यले उपलब्ध गरेको सुविधा खोज्दा प्रतिप्रश्न गर्ने अकबरे सरोकारवालाहरूको प्रतिजवाफ बीरबले कला बाहेक के हुन सक्छ ? यिनै समस्याको सन्दर्भमा बहसको नीतिगत बाटोको सन्दर्भमा बहस गर्नु समस्या समाधानको एउटा बिकल्प हुन सक्तछ ।
राज्यले शैक्षिक क्षेत्रको दुईखाले शैक्षिक पद्धाति अन्त गर्न सक्तैन दोष शिक्षकलाई ? राज्य शिक्षामा नीतिगतबाटो आफै बाटो बिराएर शैक्षिक समाधानको उपयुक्त बिकल्प औल्याउन सक्तैन दोष शिक्षकलाई ? शिक्षामा दुईखाले खाडल बन्यो भन्दै सर्वसाधारण जनताले प्रतिप्रश्न गरेको आज होइन, बर्षौ भइसक्यो । विद्यालयमा १७ थरी शिक्षक नियुक्त गर्ने कानुनी बाटो राज्यले खोल्ने, राज्यले शिक्षक योग्यता र शैक्षिक गुणस्तरमा ख्याल नगरेर जिम्बेवार निकाय कानमा तेल हालेर बस्ने अनि आज आफैले जन्माएको छोराले अंशियार बन्न खोज्दा मेरो छोरा होइन भन्दा त्यो जस्तो नामूद अपराध के हुन सक्छ ? आज बैधानिक बाटो हुन या अबैधानिक बाटो हुन ४० हजार राहत नामको शिक्षकहरू, १३ हजारको हारहारीमा नियुक्त अस्थायी शिक्षकहरू र अन्य नामले चिरपरिचित शिक्षकहरू सामुदायि विद्यालयमा छन । सरकार आफै अबैधानिक बाटोबाट नियुक्त शिक्षक हुने वातावरण बनाउँछ, अनि दोष त्यो शिक्षकको हो ? शिक्षक राहत बन्नु, शिक्षक लियन शिक्षक बन्नु, शिक्षक अस्थायी बन्नु, शिक्षक करार बन्नु त्यो शिक्षकको दोष होइन, नीति कार्यन्वयनको बाटो सम्हालेर बस्ने निकायको हो । चरम भ्राष्टचारको काबुमा राज्यको सरोकारवाला निकाय शिक्षक नियुक्ति दिन्छन त, ति शिक्षकको के दोष ? राज्य चोरलाई चाबी जिम्मा लगाउँछन अनि राज्यको ढुकटी लुटेर कोलाहल मच्चायो भन्दा कसले पत्याउँछ ?” एउटा अभिभावकले शिक्षकको नैतिकता माथि प्रश्न गर्दै गर्दा मेरो छोरोलाई पढाउने शिक्षक कसले नियुक्त गर्यो त्यो पनि प्रतिप्रश्न गरौँ । छलछाम, झुट, राजनीतिक झोले, अन्धभक्त, नातागोता र दामको आधारमा शिक्षक नियुक्त हुँदै गर्दा आँखा चिम्लेर कागजमा सही गर्ने त्यो अभिभावक नेता र जिशिका सम्बन्धित कर्मचारीको के साउनमा आँखा फुटेको थियो र ? एउटा कर्मचारी भित्र पस्दै गर्दा आफ्नो गाँसको मोलमौलया हुन्छन भने तिनले भ्रष्टाचार नगरेर कसले गर्छ ? ‘मुसो भनेर थाहा हुँदा हुँदै बाघको पस्ने ओढार किन प्रतिबन्ध लगायो ?’ शिक्षामा राजनीति हैन गुणस्तरमा राजनीति गरौँ, शिक्षामा समस्या स्वतः समाधान हुन्छ । शिक्षक नियुक्तिमा राजनीति हैन शैक्षिक योग्यताको नियुक्तिमा राजनीति गरौँ, शिक्षाको समस्या स्वत स्समाधान हुन्छ । शिक्षकको पेशामा राजनीति हैन, पेशागत गुणस्तर बिकासमा राजनीति गरौँ स शिक्षाको समस्या आफै समाधान हुन्छ । दामको बार्गेनिङमा शिक्षक नियुक्ति बन्दा गरौँ, शिक्षाको समस्या स्वतः समाधान हुन्छ । विद्यार्थी संख्या र भूगोलको आधारमा विद्यालय समायोजन र दरबन्धी मिलान अभिलम्ब कायम गरौ, शिक्षाको समस्या स्वतः समाधान हुन्छ । बिज्ञान र गणितलाई, सामाजिक र पेशा र व्यावसाय शिक्षा बाहेक अनिवार्य अंग्रेजी माध्यम कायम गरौँ, शिक्षाको समस्या आफै समाधान हुन्छ । मूर्ख कालिदास ज्ञानको ज्ञाता मानेर शैक्षिक पाठ्यक्रम तयार राज्यले गर्ने अनि दोष शिक्षकलाई ? धर्मको कर्मकाण्डमा जातको मखुण्डो ओढेर शिक्षामा राजनीति गर्ने अनि दोष शिक्षकलाई ? पाठ्यक्रम समय अनुकुल बनाएर राज्यले लागू गरोस त, जो कमजोर हुन्छन ती आफै पछि हटेरा जानेछन । शिक्षा युग सुहाउँदो होस त, ति शिक्षक आफै हटेरा जान्छन र जान बाध्य हुन्छन जो आपूmलाई समयानुकुल रूपान्तरण हुन सक्तैनन् । कुवामा भ्यागुतालाई खेलाउने शिक्षाको संरचना तयार पार्ने अनि दोष शिक्षकलाई दिने ? शिक्षा, विज्ञान र प्रविधिमैत्री होस्, यस्ता शिक्षक पेशा छोड्न बाध्य हुनेछन् जसलाई आज हामीले कमजोर देखिरहेका छौँ । शिक्षण पेशा मर्यादित होश, जुन दर्जाको जनशक्ति भए पनि शिक्षण पेशामा ललायित होस । जसले गर्दा व्यक्ति, समाज र राष्ट्रले आशा गरेको जनशक्ति उत्पिदन हुनेछन् । यसर्थ, राज्यको जिम्बेवार निकायको निम्ति नीतिगत मान्यतालाई नयाँ सिराबाट बहसमा ल्याउनु नै आजको समकालीन शिक्षामा देखिएका समस्याको समाधानको एउटा बिकल्प हुन सक्तछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु