शिक्षाध्यक्ष त्रिपाठीको गाडीमा आगजनी

२०७३ फाल्गुन २ गते, सोमबार

काठमाडौं, २ फागुन । अखिल क्रान्तिकारीले त्रि.विका रेक्टर,स्ववियु निर्वाचन प्रमुख तथा शिक्षाध्यक्ष सुधा त्रिपाठीको गाडीमा आगजनी गरेको छ । स्ववियु निर्वाचनसम्बन्धी गतिबिधी जवर्जस्ती लागु गर्न खोजेको भन्दै माओबादीनिकट क्रान्तिकारीले काठमाडौँको युएन पार्क नजिकै शिक्षाध्यक्ष त्रिपाठीको गाडी जलाएको हो । आगजनीबाट गाडी पूर्ण रुपमा क्षति भएको बताइएको छ । यसअघि स्ववियस निर्वाचन तालिका सार्न अखिल क्रान्तिकारीले दबाब दिंदै आएको थियो तर निर्वाचनसंग सम्बन्धित त्रि.वि पदाधिकारीहरुले यसको बेवास्ता गर्दै आएकोले बाध्य भएर यस्तो कदम चालिएको क्रान्तिकारीले जनाएको छ । स्ववियु निर्वाचन हुने राजधानीका अधिकाँश कलेजहरुमा नेपाली काँग्रेसनिकट नेविसंघ र विप्लव माओवादी निकट अखिल क्रान्तिकारीले तालाबन्दी गरेका छन् । स्ववियु निर्वाचनको तालिका सार्ने विषयमा अखिल क्रान्तिकारीसहित ७ वटा विद्यार्थी संगठनले त्रि वि लाई दबाब दिंदै आएका छन् ।
यसैबीच, अखिल क्रान्तिकारीले काठमाडौंको सरस्वति क्याम्पस र कैलालीको घोडाघोडी क्याम्पसमा पनि तोडफोड गरेको छ । क्याम्पस भित्र रहेको निर्वाचन कार्यालयको कम्प्युटर,टेबुल दराज लगायत तोडफोड गरिएको छ । स्ववियु निर्वाचनको समय सार्नु पर्ने माग राखेको क्रान्तिकारीले विभिन्न क्याम्पसमा तोडफोड तथा आगजनीलाई निरन्तरता दिएको हो । ‘तिन दलिय सिन्डिकेट खारेज गर्नुपर्ने, फर्जि भर्ना खारेज गर्नु पर्ने माग राखेर हामीले तोडफोड गरेका हौँ,’ क्रान्तिकारीका सरस्वति क्याम्पसका पूर्व अध्यक्ष तथा केन्द्रीय सदस्य कृष्ण सेवाले भने,‘छलछाम र अपारदर्शी तरिकाले ल्याइएको कार्यतालिकाको समय तालिका सार्नु पर्ने माग हामीले राखेका छौँ ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु