शिक्षण अस्पतालको आवासीय चिकित्सक पनि आन्दोलनमा

२०७१ चैत्र १३ गते, शुक्रबार

काठमाडौ, १३ चैत । प्राध्यापक डा गोविन्द केसीको आमरण अनसनमा समर्थन जनाउँदै शिक्षण अस्पतालमा अरु चिकित्सक पनि आन्दोलनमा उत्रिएका छन् ।
अनशनको छैठौं दिन पनि सरकारबाट कुनै चासो व्यक्त नभएको भन्दै शिक्षण अस्पताल, महाराजगन्जका आवासीय डाक्टरले आन्दोलन सुरु गरेका छन् । उनीहरुले आजदेखि शिक्षण अस्पतालको ओपिडि सेवा बन्द गर्ने बताएका छन् ।
आइओएम अन्तर्गत आवासीय चिकित्सकहरुले आजदेखि ओपिडी सेवामा सहभागी नहुने निर्णय गरिसकेका छन् । आफूसँग भएका चार सम्झौतालाई सरकारले बेवास्ता गरेको भन्दै केसी आमरण अनशनमा बस्नु भएको छ । गोविन्द केसीको स्वास्थ्य अवस्था दिनदिनै कमजोर बनिरहेको छ ।
गत वर्ष माघमा प्रधानमन्त्री सुशील कोइरालाको अग्रसरतामा चिकित्सा शिक्षा नीति निर्माण र चिकित्सा विश्वविद्यालय स्थापना तथा नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिनेसम्बन्धी पारदर्शी नीति अपनाउने, नीति निर्माण नहुँदासम्म कुनै नयाँ कलेजलाई सम्बन्धन नदिनेलगायत १० बुँदे सम्झौता भएको थियो । सरकारसँग भएको सम्झौतासँगै केसीले १३ दिन लामो अनशन तोड्नु भएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु