शिक्षकको नगर अधिवेशन सम्पन्न

२०७६ माघ २६ गते, आईतवार

काठमाडौँ , २६ माघ । अखिल नेपाल शिक्षक सङ्गठन, माडी नगर समितिको आयोजनामा प्रथम नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशन अखिल नेपाल शिक्षक सङ्गठन चितवनका अध्यक्ष हीरामणि चापागाईंको प्रमुख आतिथ्य र नगर समितिका अध्यक्ष आशिकप्रसाद महतोको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति निर्वाचित गर्दै सम्पन्न भएको जानकारी प्राप्त भएको छ ।
प्रथम नगर अधिवेशनबाट निर्वाचित कार्यसमितिमा अध्यक्ष आशिकप्रसाद महतो, उपाध्यक्षमा कृष्णप्रसाद सापकोटा, सचिवमा रवीन्द्र अर्याल, कोषाध्यक्षमा विक्रमिया मर्दनिया, सहसचिवमा रविना महतो, सदस्यमा सञ्जय बराल, अम्बिका खड्का र योगेश थापा रहेका छन् । अधिवेशनमा जिल्ला अध्यक्ष एवम् प्रमुख अतिथि हीरामणि चापागाईंले शिक्षक हक, हित, सुरक्षा र साङ्गठनिक गतिविधिलगायत विषयमा प्रशिक्षण दिएका दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु