फेरि पनि हुकुमी शासन चल्दैछ, —विनोद दाहाल

२०७५ भाद्र ८ गते, शुक्रबार

पक्राउ गर्ने, अदालतको आदेशपछि कतिलाई छोड्ने, कतिलाई झुट्ठा मुद्दामा फेरि अल्झाएर राख्ने यो कठपुतली सरकारका गतिबिधिहरुले पञ्चायत, फसिवादी संसदीय व्यवस्था र राजाको निरंकुश सैनिक शासनलाई बिर्सन दिएको छैन । देशमा रहेको कुशासन, भ्रष्टाचार, अनियमितता र अराजकता बिरुद्ध न्यायोचित बिद्रोह गरिरहेको नेकपा (विप्लव) का निशस्त्र र खुल्ला राजनीतिक समुहलाई बेकारको धडपकड गरिरहेको छ । पछिल्लो समय प्रकाण्ड लगायतका धेरै नेता तथा कार्यकर्ताहरुलाई निर्दोष प्रमाणित हुँदा पनि नियम कानुन र संविधान मिचेर सरकारले थुनिरहेको छ । अदालतको आदेश पालना गर्ने प्रतिबद्धताबाट सरकार च्युत भएको छ । म डनको नेतृत्व गरिरहेको छु भन्ने गुण्डा नाइके बस्नेतको निर्देशनमा ओली सरकार चलिरहेको छ । बरु गुण्डा नाइके त सेनाको अघोषित प्रतिनिधि हैन ? यो सर्बत्र चासो र नजिकको सम्भावना रहेको मानिसहरुले अडकल गर्न थालेका छन् । यो सरकार बनेपछि त झन् देशमा पुरै अराजकता बढेको सबैले महसुस गरिरहेका छन् ।
अपराधका घटनाहरुमा बढोत्तरि भएको छ । कठपुतली सरकारकै कारण महिना दिन हुँदा पनि जनता आन्दोलित नै छन्, कञ्चनपुरमा । आज पुलिसले गोली हान्दा त्यहाँ केही मानिस घाइते भएका छन्, कोही घाइते गम्भीर भएको खबर आएको छ । अहिले कर्फमार्फत स्थिति नियन्त्रणमा रहेको बताइएको छ । यो अन्यत्र डढेलोझैं फैलिने स्थितिमा देखिएको छ । सामान्य अवस्थामा यस्तो छ भने तनावका नाममा हुने घटना उस्तै नै हुने हुन् । सङ्कटका नाममा हुने कुरा उही नै हो, काला कानुनहरु व्युँतिने नै हुन् । कुनै संगठित समुहसँग हतियार नभएको यो सामान्य अवस्था हो र कसैले विश्वास्सिएर सशस्त्र भएमा जनताले भोग्ने पस्ीडाहरु उही नै हुने हुन् किनकि शासकहरु उही नै हुन्, अनुहार मात्र फेर्रिका हुन् । शोषणको चरित्र उस्तै हो, जनताको स्थिति उही नै हो । जनताको आर्थिक स्थिति मजबुत भएको छैन, गरिबी घटेको छैन, बरु तनाव थपिएको छ । शासन व्यवस्था जतिनै फेरिएपनि जनतालाई केही पनि उपलब्धि भएको देखिएको छैन ।
राणाशाहीहरु बिरुद्ध जनताले संघर्ष गरेको देशको भलो होस्, जनताको भलो होस्, देश पराधिनताबाट मुक्त होस् र देशमा राम्रो शासन व्यवस्था होस् भनेरै हो । गंगालाललगायतका हरुको वलिदान र ००७ सालको कांग्रेस र कम्युनिस्टहरु मिलेर गरेको जनक्रान्ति पनि त्यसैका लागि हो । त्यसपछिका सबैखालका आन्दोलनहरु र १० वर्ष लामो जनयुद्ध पनि त्यसैको लागि हो । पछिल्लो आन्दोलन र गणतन्त्रको खोजी पनि त्यसैको लागि हो । बिडम्बना, त्यो हुन सकेन । यसको कारण नखोजी वा यसको जढ कुरा पत्ता नलगाई जनताले खोजेको जस्तो हुनै सक्दैन । सामान्यतया सबैजसोले बुझेको कुरा के छ भने उत्पादन सम्बन्धमा परिबर्तन नगरि हुँदैन र देशलाई स्वाधिन नबनाई देश र जनताको पक्षमा खोजिएका कुराहरु सम्भव हुँदैन । शासकहरु बेक्ष्मानी भए जनतालाई झुक्याउने भए, विद्यमान व्यवस्थाबाट नै देश र जनताका तमाम समस्याहरु सम्भव छ भनेर जबर्जस्ति गर्न थालेपछि समस्याहरु दोहोरिइरहेका हुन् । यो अवस्था र विद्यमान व्यवस्थाबाट न देश स्वाधिन हुन्छ न समाजवाद प्राप्त हुन्छ र देश र जनताले भोगेका समस्याहरु नै समाधान हुन्छ ।
अहिले देशमा बेहाल छ किन नभन्ने ? माथिको रक्तिमको गीतमा झैं हाम्रो छाती पोलिरहेको छ किन नभन्ने ? शासक मात्रै फेरिएका छन्, शासन व्यवस्था हुकुमी नै छ किन नभन्ने ? जनतालाई गोली ठोकिरहेका शासकहरुलाई निरंकुश र तानाशाही नै हुन् एउटा सचेतमा नागरिकले किन नभन्ने ? गीत कालजयी छ, अझै पनि शासन व्यवस्था र जनतालाई झुक्याउने शासकहरु देख्दा सान्दर्भिक नै छ । कांग्रेस ठेकेदारहरुले मायाँ गरेर पालेको राजनीतिक दल नै हो । दलाल पुँजीवादको वकालत गरिरहेको पार्टी नै हो । यो जनताको पार्टी नै हैन, जनतालाई झुक्याउने पार्टी नै हो । अरु पार्टी हेर्दा फरक छन् कि भनेर जनताले बुझेका छैनन् । कुनैलाई गोल्छा र खेतानहरुले पालेका छन् कसैलाई सुमार्गीहरुले । भारतको साथ र सहयोग त छुट्टाछुट्टै रुपमा सबैले पाएकै छन् । चुनाव आउँदा भारतीय विस्तारवाद बिरोधी आउलान् भनेर भारतले धेरै खर्चगर्ने गर्दछ । जनताले यो देखे भोगेकै कुरा हो । शासन व्यवस्था रुपमा मात्र फेरिएको, सारमा उही पञ्चायत अघिको जस्तै नै छ भन्ने जनताले पनि महशुस गरिरहेका छन् ।
कृषि व्ययवसायबाट जनता बाहिरिंदै र बेरोजगार हुँदैछन् । रोजगार दिने उद्योग व्यवसायहरु बन्द हुँदै जनगरिक बेच्ने देशमा परिणत गरिएको छ । दक्ष जनशक्तिहरु पलायन हुँदैछन् । गाउँघर बृद्धाश्रम र वालआश्रम जस्ता भएका छन् । बेरोजगार र अवशरहीनताले जनता सताइएका छन् । दलाल पुँजीवादी प्रतिक्रियावादी शासन व्यवस्था लादिएको छ । शोषणकारी प्रणालीले गति लिएको छ । जनतामा उत्पिडन व्याप्त छ । शासकहरु फसिवादी बन्दै दमनमा सत्ता टिकाउने दुस्प्रयास गरिरहेका छन् । जनतामा भोक, रोग, गरिबी, अभाव र असुरक्षा छ । देश र जनता समस्यानै समस्याले घेरिएका छन् । गरिबका झुपडिहरुमा आगो झोस्ने काम कायम छ । जनतालाई बिकल्पमा लाठि र गोलीमात्र प्रहार गरिएको छ । जनतामा दलाल पुँजीवाद र सामाजिक फासिवाद लादिएको छ । जनता यो शासन व्यवस्थाबाट निश्वास्सिएर बिद्रोहका स्वरहरु निकालिरहेका छन् । जनताका व्यवहारहरु प्रतिक्रियावादी शासकहरुले बुझ्न सकेका छैनन् र क्रान्तिकारिहरुले पनि आफूलाई तयारि गर्न सकिरहेको स्थिति छैन । अवस्था थप अराजकतातिर मोडिदै गएको स्पष्ट देखिंदैछ ।

जनताको असन्तुष्टि हेर्दा बिद्रोह नजिकै छ बरु क्रान्तिकारि शक्तिले आफूलाई तयारि अवस्थामा राखेको देखिएको छैन । जनताले जति नै बिद्रोह गरेपनि उही भुँङ्ग्रोमा पर्ने स्थिति छ । कम्युनिस्ट पार्टीलाई अवशरवादीहरुले बिघटनमा पु¥याउने दुस्प्रयास गर्दा आन्दोलन रक्षात्मक बनेको स्थिति छ, तत्काल यो उठने सम्भावना देखिएको छैन । कोही अवशरवादीहरु प्रतिक्रियावादी क्याम्पमै पुगेका छन् भने कोही नाङ्गो ढङ्गले प्रतिक्रियावादीहरुले प्रयोग गरिरहेका छन् वा आफ्नो वर्गको सेवामा खटाएका छन् । कोही अलमलमा परेरबाटो पहिल्याउन सकेका छैनन् । नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न जनयुद्धकै बाटोमा जाने कुरामा बेकारको भ्रम पालिरहेका छन् । यो सबै अवस्थाको फाइदा प्रतिक्रियावादीले निरन्तर लिइरहेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु