शारीरिक परिश्रम नगर्नेको संंख्या १ अर्ब ४ करोड !

२०७५ भाद्र २० गते, बुधबार

काठमाडौं , २० भदौ । विश्व स्वास्थ्य संगठनले विश्वमा शारीरिक परिश्रम नगर्ने मानिसको संंख्या १ अर्ब ४ करोड रहेको तथ्यांक सार्वजनिक गरेको छ । १ सय ६८ मुलुकका १९ लाख मानिसमा गरिएको जनस्वास्थ्यसम्बन्धी प्रतिवेदन संगठनले सार्वजनिक गरेको हो । संगठनले सबैभन्दा बढी बेलायती र अमेरिकीले शारीरिक परिश्रम नगर्ने गरेको जनाएको छ । प्रतिवेदनमा शारीरिक परिश्रमका लागि उत्साहित बनाउने प्रयास निकै कम भएको उल्लेख छ ।
शारीरिक परिश्रमको कमिका कारण मुटु रोग, मधुमेह, अनेकौं किसिमका क्यान्सर लगायत स्वास्थ्यसम्बन्धी जोखिम अत्याधिक रहेको पाइएको छ । शारीरिक परिश्रम नगर्नेमा उच्च आय भएका बेलायती नागरिक अग्रस्थानमा परेका छन् ।
बेलायतका ३२ र अमेरिका ३७ प्रतिशत व्यक्ति शारीरिक व्यायाममा निस्कृय रहेको प्रतिवेदनमा उल्लेख छ । एसियाका दुई क्षेत्र बाहेकका विश्वका अधिकांश मुलुकमा पुरुषको तुलनामा महिलाको शारीरिक परिश्रम अत्यन्त कम रहेको स्वास्थ्य संगठनको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रियाहरु