शान्ति सेना हतियारधारी समूहको कब्जामा

२०७१ भाद्र १३ गते, शुक्रबार


काठमाडौं, १३भदौ । सिरियामा हतियारधारी समूहले त्यहाँको सुरक्षार्थ तैनाथ संयुक्त राष्ट्रसंघका ४३ जना शान्ति सेनालाई बन्धक बनाएको छ । बन्धक बनाउने समूहको पहिचान भने हुन सकेको छैन ।सिरियाको गोलन हाइट्स पहाडी इलाकामा सुरक्षार्थ खटिएका सैनिकहरुलाई सरकारी सेना र विद्रोहीबीचको लडाइँकाबीच सोही स्थानमा बन्धक बनाइएको संयुक्त राष्ट्रसंघका प्रवक्ताले जनाएका छन् ।
संयुक्त राष्ट्रसंघले बन्धक बनाइएकाहरुलाई छुटाउन भरमग्दुर प्रयास जारी राखिएको जनाएको छ । गत वर्ष पनि बन्दक बनाइएका केही शान्ति सेनालाई लामो प्रयासपछि मुक्त गराइएको थियो । – एजेन्सी

प्रतिक्रियाहरु