शान्ति मिसनमा हजार सेना थपिने

२०७१ माघ ६ गते, मंगलवार

काठमाडौ, ६ माघ । संयुक्त राष्ट्रसंघले प्रजातान्तिक गणतन्त्र कंगो र सेन्ट्रल फर अफ्रिकन रिपब्लिकमा नेपाली सेनाका वटा मिसन थपेको छ । एसिया,अफ्रिका,युरोपलगायत महादेशका द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै राष्ट्रसंघले यी मुलुकमा करिब १ हजार नेपाली शान्ति सैनिक तैनाथ गर्न लागेको हो ।
नेपाली सेनाका लागि शान्ति मिसन आकर्षक क्षेत्र हो । एकपटक मिसनमा जाँदा प्रत्येक सैनिकले मासिक १०२० अमेरिकी डलर पाउँछन् । आगामी डिसेम्बरबाट मिसनको कार्यकाल पनि १ वर्ष पुगेपछि यसको दोब्बर रकम पाउनेछन् ।
सेनाका अनुसार कंगोमा थप ८५० जनशक्तिसहित पल्टन र सेन्ट्रल अफ्रिकामा ६० जना सैनिक तैनाथ हुनेछन् । मिसन थपिएपछि अब १३ मुलुकका १५ वटा मिसनमा करिब ५४ सय सेना हुनेछन् ।

प्रतिक्रियाहरु