शहिदको सपना पुरा गरेर छाड्छौ: विप्लव

२०७१ फाल्गुन १८ गते, सोमबार

काठमाडौँ । नेकपा माओवादीका महासचिब नेत्र बिक्रम चन्द बिप्लवले शहिदको सपना पुरा गरेरै छाड्ने बताएका छन् । हजारौं नेपाली जनतालाई सहिद बनाएर प्रचण्डले जनयुद्धको नाममा अधुरो क्रान्ति गरी सहिदका सपनालाई पुरा नगरेको आरोप लगाउँदै उनले सहिदको सपना पुरा गर्नकै लागि आफूहरुले क्रान्तिको बाटो रोजेको समेत उनले दाबी गरे । भरतपुरमा आयोजित सहिद तथा बेपत्ता परिवार सम्मान कार्यक्रममा बोल्दै बिप्लले जनताका अधुरा सपना पुरा गर्न एकिकृत जन क्रान्तिको कार्यदिशा अब्लम्वन गरि पाटी अगाडी बढेको समेत बताए ।
शहिदको रगतले माओवादी पाटी जन्माएको बताउदै उनले शहिदको रगतमा फैलिएको पार्टीले बाटो नबिराईकनसहिदका सपना पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।इतिहासमा सबैभन्दा धोकेबाज र स्वार्थी नेता प्रचण्ड भएको आरोप लगाउँदै उनले आफुहरुले पार्टी छोडेको नभै प्रचण्ड माओबादिले जनता छोडेर भागेको आरोप लगाए ।प्रचण्डले नव सामन्तबादको पक्षपोषण गरी जनयुद्धका मुद्धा भुलेकाले काग्रेस र एमालेले राज्य सत्ताको दूरुपयोग गरी माओबादी लाई नोक्करको ब्यवहार गर्न तम्सिएको समेत उनको तर्क थियो ।
सरकारमा रहेका दलले रोल्पामा गएर गरेको प्रतिबद्धता पुरा नगरी माओबादी र जनतालाई अधिकार बिहिन बनाए हतियार उठाउने समेत उनले चेतावनी दिए ।अवको लडाई सेना र पुलीससंग नभै काग्रेस र एमाले भित्रका सामन्त र दलालहरु संग हुने भन्दै उनले बेलैमा सचेत भएर माओबादिका मागलाई सम्बोधन गर्न आग्रह गरे ।कार्यक्रममा चितवन जिल्लाबाट सहिद भएका १०२ जना सहिदका परिवारहरुलाई प्रमाण पत्र र दोसल्ला ओडाएर सममान गरिएको थियो ।

प्रतिक्रियाहरु