शरणार्थी शिविर खालि हुदै

२०७१ माघ ८ गते, बिहीबार

काठमाडौं । झापा र मोरङस्थित भुटानी शरणार्थी शिविरमा चहलपहल निकै कम हुन थालेको छ । केही वर्ष अघिसम्म शिविरमा भुटानी शरणार्थीको संख्या थेगिनसक्नु हुने गरेकोमा अहिले पुनःर्बास कार्यक्रमले गर्दा शिविरहरु रित्तो देखिन थालेका हुन् । शरणार्थी समस्या समाधानका लागि संयुक्त राष्ट्रसंघीय उच्चायोग (युएनएचसीआर) ले तेस्रो देश पुनःबासको विकल्प खुला गरेसँगै ९० हजारभन्दा बढी शरणार्थी पुनःर्बासका लागि अमेरिका, अष्ट्रेलिया, नेदरल्यान्ड्सलगायतका देश पुगेका छन् ।
अहिले शरणार्थीको संख्या एकचौथाई अर्थात् २५ हजारको संख्यामा मात्र रहेको छ भने सातओटा शिविरको संख्या घटाएर दुईओटा कायम गरिएको छ ।
युएनएचसीआर दमक फिल्ड कार्यालयका बाह्य सम्बन्ध अधिकृत दीपेशराज उप्रेतीका अनुसार पुनःर्बासमा गएकामध्ये सबैभन्दा धेरै अमेरिका गएका छन् ।सन् १९९० को दशकमा लखेटिएर नेपाली भाषी ९० हजार भुटानीहरु शरणार्थीका रुपमा नेपाल आएका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु