‘शताब्दी पुरुष’ सत्यमोहन जोशी १०१ वर्षमा प्रवेश

२०७७ बैशाख ३० गते, मंगलवार

काठमाडौं, ३० वैशाख । नेपाली वाङमय क्षेत्रका ‘शताब्दी पुरुष’ सत्यमोहन जोशी १०१ वर्षमा लाग्नुभएकाे छ । उहाँ आज (वैशाख ३० गते) देखि १०० वर्ष पूरा गरेर १०१ औँ वर्षमा प्रवेश गर्नुभएकाे हाे । नेपाली साहित्य, कला र संस्कृतिमा प्रख्यात व्यक्तित्व जोशीकाे जन्म ललितपुरस्थित पाटनको बखुम्बहालमा वि. सं. १९७७ बैशाख ३० गते भएकाे थियाे । जाेशी गत वर्ष (२०७६ वैशाख ३०) बाट १०० वर्षमा प्रवेश गर्नुभएकाे थियाे ।
गत वर्ष सय वर्ष पुगेको अवसरमा जोशीलाई ललितपुर महानगरपालिकाले सम्मानस्वरूप नगरपरिक्रमा गराएको थियो । तर, यस वर्ष काेराेना भइरस प्रकाेप र लकडाउनका कारण कुनै कार्यक्रम नगरिएको महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रियाहरु