सत्ताधारीको व्यवहार अत्यन्तै शङ्कास्पद – भगवानचन्द्र ज्ञवाली

२०७६ भाद्र १६ गते, सोमबार

कलाकार र साहित्यकारले कसका हितको रक्षा गर्ने ? र कसरी गर्ने भन्ने समस्या वर्तमानको टड्कारो समस्या बनेको छ । कला, साहित्यकार साथीहरूमा अन्योल छ मात्र होइन, नेताहरूमा पनि के अन्योल छ भने हामी तत्कालै जनताहरूसँग एकाकार भएर माक्र्सवादी सिद्धान्तअनुसार काममा लाग्ने कि गाउँगाउँमा जनताका बीचमा गएर माक्र्सवादी सिद्धान्तको प्रचार–प्रसार गर्ने ! जनतालाई सिद्धान्तलाई व्यवहारमा ढाल भनेर सिकाउने ? जनताहरूसँगसँगै बसेर उनीहरूबाट सिक्ने र उनीहरूलाई पनि सिकाउने गर्ने कि म नेता हुँ भनेर आफ्ना सिद्धान्तको निर्देशन दिने ? आपूmचाहिँ सहरमा बसेर सिद्धान्तको व्याख्या गर्दै गाउँका जनतासमक्ष माक्र्सवाद लेनिनवाद माओवादको टीका (व्याख्या) को प्रक्षेपण र सम्प्रेषण गर्ने ? माक्र्सवाद वा कम्युनिस्ट सिद्धान्त नेपालका सन्दर्भमा असफल भएकै हो त ? यी प्रश्न यतिखेर नयाँ माओवादी पार्टीका नेता कार्यकर्तामा मनोद्वन्द्वको विषय बनेका छन् ।
हिजो अनेक दुःखकष्ट सहँदै यातना र पीडा भोग्दै भिरपाखा रन्काउँदै र जनता बिउँझाउँदै जे गरियो त्यो अब किन दोहो¥याउने ? जीवन कति खेर फाल्ने ? छोटो जीवनको आनन्द किन नलिने ? अब आरामसँग सहरमै बसेर पनि त क्रान्तिका लागि केही गर्न सकिहालिन्छ नि ! कुरा ठिक हो कमरेड ! तर प्रत्यक्ष परोक्ष जनताका श्रमको शोषण भएन र त्यो ? जनताका करको राइँदाइँ भएन र कंग्रेस, सत्तासीन नेकपाले गरे जस्तो ? आखिर दुई नम्बरी कालबजारीसँग लिएको चन्दा पवित्र धन त होइन ? किनभने त्यसमा जनताको रगत पसिनाको मिश्रण छ । सत्ता पक्षबाट करको लूट छ । फेरि चन्दा हार्दिकतापूर्वक दिएको पनि त होइन कालाबजारीले देश र जनताको कल्याणका लागि भनेर । त्यसमा कमरेडहरूको श्रम परेको पनि छैन । लिनेले नधम्क्याई लिएको पनि होइन । फोहोर पानीद्वारा फोहर जत्ति गरे पनि हुन्न सफा । लक्ष्य पवित्र भए पनि शुद्ध साधन बिनाको परिणाम कसरी शुद्ध हुनसक्छ ? रजनीशले ‘जैसा खाना खाओगे वैसा तुम्हारा दिमाग होगा’ भनेको साँचो होइन र ? त्यसैकारण नेपालमा जनक्रान्ति असफल भएको हो भन्नु पर्ने हुन्छ । श्राद्ध खाएर डकार्दै हिँड्नेले सामन्तको नाश चाहन्छ र ? श्रम न गरीकन श्रम र श्रमिकको सम्मान गर्ने काइदा कसरी आउँछ र कार्यकर्ताका दिमागमा ?
अनि जनताका सकारात्मक व्यवहार क्रान्तिका हितमा कसरी ग्रहण गर्छन् त कार्यकाकर्ताले । सच्चिन्तन र सच्चरित्र बिना कहाँबाट इमान्दारिता आउँछ मनमा ? सिद्धान्तलाई व्यवहारसँग एकाकार नगरेसम्म कसरी माक्र्सवादी भइन्छ त कमरेड ? कालाव्यापारी, करचोर उद्योगपतिहरूसँग चन्दा माग्दै सहरमा कार्यकर्ता पालेर के गाउँबाट थालिने जनवादी क्रान्ति सफल होला कमरेड ? जनताबाट सिकेर जनतालाई नै सिकाउने लेनिनको भनाइ जनतासँग सहकार्य नगरिकन सार्थक होला त कमरेड ? जुन कार्यकर्ताले सहरमा बसेर पार्टीसँग त्यही चन्दाको अंश मागेर खाएर जनताको काम गरें भन्छ के ऊ आफैँमा जनता, क्रान्ति र माक्र्सवादप्रति इमानदार भयो त कमरेड । सहरमा कार्यकर्ता पालेर भिडभाड देखाएर शक्ति प्रदर्शन गर्दैमा गाउँबाट आरम्भ गरिने क्रान्तिले सहर घेर्ने लक्ष्य पूरा होला त ? तपाईंका कार्यकर्ता हिलोमैलो मन नपराउने भइसकेका छन् । फेरि जनतासँग सँगै काममा भिडेर हिलैमैलै भएपछि ऊ कसरी नेता भो होइन त कमरेड ? काम त निमुखा जनताले पो गर्ने हो त नेताले त खाली नीति बनाउने, आदेश र निर्देशन दिने र कार्यान्वयन गर्न लगाउन हो भन्ने विश्वास छ नि उनमा । एउटा म्यानमा कतिवटासम्म तरवार अटाउन सक्छन् र ? नेता कहाँ कार्यक्षेत्रमा खट्ने हो र ? हामी चिनियाँजस्तै मजदुरसँगसँगै कहाँ काम गर्न सकिन्छ र ? उनीहरूले सके, गरे । हामी गर्न सक्दैनौं । आवश्यक पनि छैन । हाम्रा समाजमा त्यो सुहाउने कुरा पनि होइन भन्छन् नि त कार्यकर्ता त ? अनि समाजमै नसुहाउने काम कम्युनिस्ट भएकै कारण गर्नु पर्छ भन्ने के छ र होइन त ? समाज त आफैँ स्वभावतः बदलिंदै नै छ नि हिजोको जस्तो आज छैन आजको जस्तो भोलि हुँदैन । यो त खालि राजनीतिको कुरा हो । राजनीति गर्नु छ, नेता मन्त्री बन्नु छ, परिश्रम नै नगरी पैसा कुस्त कमाउनु छ । यो एउटा व्यवसाय मात्रै भएको होइन त अब कमरेड ? नेपालको राजनीति भनेको बिना परिश्रम धनी बन्ने नीति । अहिलेसम्म त्यही भएको छ जनयुद्धका केही सहिदहरूलाई छोडेर । अबकाले पनि त्यही गर्ने त हो । कल्ले पो के गरेको छ र ? होइन त कमरेड ?
माक्र्सवादी कलाकारलाई त झन् भन्नै पर्दैन । माओ भन्छन्—जनताको जीवन साहित्य र कलाका लागि कच्चा मालको खानी हो । तर नेपाली जनलेखक साहित्यकारहरूले अहिलेसम्म खानी देखेकै छैनन् । खानीमा नै नपुगी ब्ल्याकमा सहरमा ल्याइपु¥याइएका कथित कच्चा मालबाट गत दशकमा जनवादी कला र साहित्यको सिर्जना गर्ने साहित्यकार समालोचकहरू वा मजाले कलेजहरूमा पढाएर आपूm जनसेवक, जनवादी लेखक र क्रान्तिको सेवक भएको अनि आपूm मात्र एकमात्र योग्य माक्र्सवादी लेखक भएको गुड्डी हाँक्दै हिंडेको देख्दा अचम्मै लाग्दो रहेछ । अझ भन्दा दश वर्षसम्म क्रान्ति र क्रान्तिकारीहरूलाई तथानाम गाली गर्नेहरू अहिले त्यसैबाट प्राप्त उपलब्धिमा तर मारिरहेका छन् । अनि जुठा मालले चोखा कला, साहित्यको सिर्जना कसरी हुनसक्छ ? प्लेटोले भनेजस्तै सत्य र यथार्थभन्दा दुई तह तल भएन र त्यो कला साहित्य ? लुशुन त भन्थे जनकालकार जनसाहित्यकारहरूले योद्धाहरूसँगै मोर्चामा खटिनुपर्छ तर, पत्रपत्रिकाहरूमा प्रकाशित सूचनाका आधारमा आफ्ना पक्षमा जनमत तयार भएको ठान्ने नेपाली नेता र पत्रिकाहरूकै सामग्रीबाट साहित्य सिर्जना गर्ने जनवादी साहित्यकार एकै भएनन् र ? समीक्षा पनि कसरी माक्र्सवादी होला जब कि कृतिका मूलस्रोतबारे समीक्षकलाई जानकारी नै छैन भने ? मेरा बाजेले घिउसित भात खान्थे मैंले पनि खाउँ भन्दै नातिले हात चाटेजस्तै भएन र त्यो ?
त्यसैले मलाई लाग्छ नेपाली खास कम्युनिस्ट नेतृत्व र जनवादी लेखक समालोचक कोही पनि न जनताप्रति, न क्रान्तिप्रति, न आपूmले अनुशरण गरेका सिद्धान्तप्रति नै इमान्दार छन् । यो निरपेक्ष सत्यको कुरा गरेको त होइन तर नयाँ पार्टीमा पनि त्यसभन्दा त्यतिधेरै फरक देखिएन । अनि कसरी नेपालमा जनवादी क्रान्ति सफल होला भनी आफ्नो निराशा पोखको मात्रै हो है कमरेड ? आपूm त निराशावादी भइएछ । के गर्ने ? हतियार बाँड्ने र जनातालाई सशस्त्र गर्दै देशका अखण्डता र सार्वभौमिकताको रक्षा गर्ने भन्ने एउटा भ्रम मात्रै थियो कि ? जुन पार्टीमा ठग र बेइमानहरूको बाहुल्य छ, त्यस्ता पार्टीले जनतालाई न्याय दिनसक्दैन । सत्तामा पुगेपछि या त त्यसैलाई अन्तिम प्राप्ति ठानेर नेतृत्व शिथिल भएको छ या गहन चिन्तिन–मननबाट मात्र प्रतिपादन गर्न सकिने नयाँ बाटो देख्न नसकेर कुइराको काग भएको छ हाम्रा देशको नेतृत्व । जनतासमक्ष आपूmले नकमाएको देखाएपनि आफन्तलाई प्रसस्त कमाउने अवसर दिएकै छन् । सरकार राष्ट्रघाती, आर्थिक भ्रष्टहरू, रातारात करोडपति बन्नेहरूलाई कार्यबाही गर्न सक्दैन र तिनैका इसारामा नाचिरहेको छ । यस्ता सरकारले विगतका सत्ताधारीहरूले भन्दा भिन्न व्यवहार देखाउन सकेको छैन । पञ्च वा बहुदलवादीहरूलाई गलत प्रवृत्तिका निमित्त गाली गर्ने तर जनबलमा तिनलाई फ्याँकेपछि उनकै आचरण आपूmले पनि अँगाल्ने गद्दारी नेतृत्वले गरिरहेको छ । अतः जनता सुगौली सन्धिका तत्काल पछि झैं निराशामा डुबेका छन् । समाजवादी परिवर्तनको त कुरै छोडौं आर्थिक, शैक्षिक र सांस्कृतिक रूपान्तरणको कुनै ठोस नीति यस सरकारमा छैन । नेपालमा अक्षरशः लागू हुन नसक्ने केही विदेशी सिद्धान्तहरूलाई अगाडि सारेर भ्रमको खेती गर्ने काम मात्र भएको छ । त्यसो गर्नु सर्वथा धोका र बेइमानी हो । जनताका त्याग र बलिदानी भावनाको सिधै अपमान भएको छ । साधारण जनतासँग कार्यकर्ताका दुव्र्यवहारले पूर्वमाओवादी पार्टीलाई जनताले मन पराइरहेका छैनन् । त्यत्रो जनयुद्ध हाँकेको पार्टीका नेता र कार्यकत्र्ताको आचरण यति घिनलाग्दो छ कि जनतालाई शक्तिको स्रोत मान्ने चाहना नै देखिंदैन । माक्र्सवादी पार्टीमा वर्गीय चिन्तन छोडेर जातीय राजनीति हाबी भएको छ । जसले आन्तरिक रूपमा देश विखण्डनको सङ्घारमा उभिएजस्तो भान हुन्छ भने अर्कातिर मन्त्रीहरूको विदेशी शक्ति विशेषतः भारतीय सत्ताधारीहरूसँगको पर्दाभित्रको व्यवहार अत्यन्तै शङ्कास्पद छ । कतै लेण्डुप बन्ने त होइनन् हेर्दाहेर्दै ‘भाउजू राँडी’ भनेजस्तै हुने त होइन भन्ने त्रास जनतामा फैलिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु