व्यापार प्रवद्र्धन मेला सुरु

२०७३ भाद्र १० गते, शुक्रबार

काठमाडौँ, १० भदौ । ‘स्वदेशी उत्पादन प्रयोग गरौँ, आत्मनिर्भर भई स्वाभिमानी बनौँ’ नाराका साथ उद्यमशील महिला, व्यापारिक तथा प्रदर्शनी मेला आजदेखि सुरु भएको छ । ‘विजनेश एन्ड प्रोफेसनल बिमेन’ सुनाकोठीको आयोजनामा महिला उद्यमीको उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले सो मेला आयोजक संस्थाको अध्यक्ष अम्बिका श्रेष्ठले बताउनुभयो । आर्थिक रुपमा सशक्त नभई परिवारलाई अगाडि बढाउन गाह्रो हुने हुँदा संस्थाले महिला उद्यमशीलताका लागि तालिम तथा व्यवसाय प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको उहाँको भनाइ छ ।
प्रदर्शनीमा महिलाले उत्पादन गरेका गरगहना, खाद्यान्न, लत्ताकपडा, मैनबत्ती, गलैँंचालगायत सामग्री प्रदर्शनीमा राखिएका छन् । मेलाको उद्घाटन ब्राजिलका राजदूत मारिया तरिसा मस्क्यूटा पिसोआ, महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका उपसचिव राधिका अर्याल र संस्थाको अध्यक्ष श्रेष्ठले संयुक्त रुपमा गर्नुभएको थियो । त्रिपुरेश्वरमा सुरु भएको सो प्रदर्शनी मेला शनिबारसम्म चल्नेछ । – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार