व्यवसायीहरुको विवादका कारण यातायात अबरुद्ध

२०७२ असार २२ गते, मंगलवार

काठमाडौ, २२ असार । सगरमाथा यातायात संघ र पूर्वी हिमाली यातायात संघको विवादका कारण उदयपुरको पूर्वी भेगबाट सन्चालन हुने यातायातका साधन दुई दिनदेखि ठप्प बनेका छन् । दुई यातायात व्यवसायीहरुको विवादका कारण सार्वजनिक यातायातका साधन चल्न नसकेका हुन् । यातायात सञ्चालन नहुँदा यस भेगका यात्रु मारमा परेका छन् । जिल्लाका बेल्टार, बसाहा र रामपुरबाट कुनै सार्वजनिक यातायातका साधन चल्न सकेका छैनन् ।
पूर्वी हिमाली यातायातले सप्तरीको फत्तेपुर र उदयपुरको बेल्टारमा शाखा कार्यालय खोलेर यातायात सञ्चालन गर्न लागेपछि सगरमाथा यातायात संघले विरोध गर्दा दुई संघबीच विवाद बढेको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार