व्यक्तित्व र सयन-स्थितिहरू – डा. हेमराज कोइराला

२०७१ मंसिर २८ गते, आईतवार

यदि हजुर कुनै व्यक्तिको व्यक्तिगत विषयमा जान्न चाहनु हुन्छ भने उ सुतिरहेको अवस्थामा लुकेर हेर्नुस कि उ कस्तो आसनमा सुतिरहेको छ , किनकी ओछ्यानमा सुत्ने सैलीले पनि व्यक्तिका आन्तरिक व्यक्तित्वको विषयमा धेरै जानकारीहरू दिन सक्दछ । एक हजार भन्दा धेरै व्यक्तिहरूको संलग्नतामा व्यक्तित्वको र सयन-स्थितिका बारेमा स्कटल्याण्डमा एउटा अध्ययान गरिएको थियो जसले व्यक्तित्व र सुत्ने सैलीका विषयमा धेरै कुराहरूको जानकारी दिन्छ । स्कटल्याण्डकोर् इडीनवर्गमा अवस्थित निन्द्रा सम्बन्धि अध्ययन गर्ने संस्था “स्लिप असेस्मेन्ट एण्ड एडभाईजरी र्सर्भिसका”, निर्देशक प्रोफेशर क्रिस इजीकोवाक्सीले सयन स्थितिका मुख्य ६ स्थितीहरूको अध्ययन गरेर यी आसनहरू र व्यक्तित्वको अन्तरसम्बन्धलाई र्छलङ्गयाउने कोशिस गरेका थिए । प्रोफेशर क्रिसका अनुसार जाग्रत अवस्थामा व्यक्तिको वडी-ल्यांग्वेजले व्यक्तित्वको बारेमा धेरै कुरा बताय पनि चेतना र व्यात्तिगत सजगताको कारणले सूक्ष्म व्यक्तित्वको सबै पक्षहरू नखुल्न सक्छ । परन्तु सुप्त अवस्थामा व्यात्तिको व्यात्तिगत सजगता नहुने भएकाले सयन-आसन बाटै उसको सही व्यक्तित्वको धेर-थोर जानकारी लिन सकिन्छ । प्रोफेशर क्रिसका अनुसार सयन सैलीका ६ मुख्य आसनहरू फिटस, लग, यार्नर, सोल्जर, प्रिफाल र स्टारफिस हुन । प्रोफेशर क्रिसका अनुसार यी सयन आसन र व्यक्तिको व्यक्तित्व यस प्रकार छः-
१) फिटसः यो गर्भास्थ शिशुको जस्तो दा“या वा बा“यातिर कोल्टे परी टाऊको, हात र खुट्टा खुम्चाएर सुत्ने, सयन स्थिति हो । यो स्थिति प्रयोग गर्ने व्यक्तिहरू बाहिर धेरै कठोर तर आन्तरिक रूपले अत्यन्त कोमल मन भएको पाईएको छ । यस्ता व्यक्तिहरू पहिलो पल्ट कसैसँग मिल्दा धेरै नखुल्ने, अल्पभाषी र लज्जालु लाग्न सक्छन् तर सम्बन्ध प्रगाढ हुँदै गए पछि चाढै सामान्य भई घुलमिल हुन थाल्दछन । यो आसनको सबैभन्दा सामान्य स्थिति हो । प्रा. क्रिसको अध्ययानबाट प्राप्त तथ्यांङ्क अनुसार पुरुषहरू भन्दा महिलाहरूमा प्रचलीत को सयन स्थिति प्रयोग गर्ने हरूको हिस्सा ४१% छ। । फिटस स्थितिमा बा“या पट्ट िकोल्टे परेर सुत्ने हरूमा आमाशय, कलेजो र फोक्सो जस्ता अति संवेदनशिल अंगहरूको केहि न केहि समस्या भएको पनि पाईएको छ भने दाया“ पट्ट िकोल्टे परेर सुत्ने हरू तुलनात्मक रूपले स्वास्थ पाईएको छ।
२) लगः र्सर्वेक्षणमा सामेल १५% र्सर्वेक्षित व्यक्तिहरू दा“या अथवा बा“या तिर कोल्टे परेर हात लाई शरिरसंग टासेर सामानन्तर राखि खुट्टा नखुम्च्याई सुत्ने गरेको पाईएको छ। । यो सयन स्थितिमा सुत्ने मान्छेहरू सोझा-सिधा, सामान्य, सामाजिक र शान्त प्रकृतिका हुन्छन् भने नचीनेका व्यक्तिहरूमा पनि तुरुन्त विश्वास गर्न पछि हट्दैनन् फलतः यिनलाई कसैले पनि ऊल्लू बनाऊन सक्छ । यो स्थितिमा सुत्ने व्यक्तिहरू अत्यन्त सरल हुने भएकाले यस आसनलाई सोझाहरूको सयन आसन पनि भनिन्छ । ढाडलाई नमोडी सुत्नु पर्ने भएकाले यस स्थितिमा सुत्नेहरूमा कम्मर तथा ढाडको समस्या कम भएको पनि पाईएको छ।
३) यार्नरः र्सर्वेक्षणमा सामेल भएकाहरू मध्ये १३% ले यो सयन विधि अपनाइएको पाइयो । यस्ता व्यक्तिहरू खुट्टा नखुम्च्याई कोल्टे परेर, हातलाई शरीरको लम्ववत, अगाडीपट्ट िसिधै वा हल्का मोडेर सुत्ने गर्छन् । यो स्थितिमा सुत्ने व्यक्तिहरू खुला मिजासका तर संन्दिग्ध तथा सन्काहा मनस्थितिका, निर्ण्रागर्न लामो समय लिने तर एकपटक निर्ण्र्ाालिई सकेपछि सायदै बदल्ने, हरेक घटना र परिस्थितिलाई फाईदा वेर्फइदाको तराजुमा तौलिने र नया“ कुरा तुरुन्त सिक्नसक्ने क्षमताका हुन्छन् । प्रा.क्रिसका अनुसार यो सयन विधि अपनाऊनेहरूमा एसिडिटि र न्रि्रामा निसास्सिने समस्या धेरै पाईएको छ।
४) सोल्जरःर्सर्वेक्षणमा सामेल ८% व्यक्ति यस स्थितीमा सुत्ने पाइयो । यो स्थितीमा हात शरीरसंग अभिन्न राखी, ड्यूटि गरेको शैनिक जसरी उत्तानो परेर सुत्ने प्रवृतिका हुन्छन् । यस्ता व्यक्ति शान्त प्रकृतिका, अलग्गै रहन चाहने, कसैसग हत्त्त-पत्त्त नखुल्ने, सानातिना कुरामा नअल्झी आफ्नो र अरुको ऊच्च भलाई चाहने प्रवृतिका हुन्छन् । घुर्ने, सुतेको समयमा निसास्सिने र गहिरो न्रि्रा लिन नसक्ने जस्ता समस्या यो सयन विधि अपनाऊनेहरूमा पाईएको छ।
५) प्रिफलः र्सर्वेक्षणमा सामेल ८% व्यक्तिहरू यस आसनमा सुत्ने गरेको पाइयो । यस्ता व्यक्तिहरू पेटको बलले सुत्ने तथा सुतेका अवस्थामा हात सिरानको आसपास राख्ने गर्दछन् । यो सयन विधि अपनाऊनेहरू मिलनसार, बहिरमुखि, चाडै ऊत्त्तैजित भईहाल्ने, कठिन परिस्थितीमा अत्तालिने, ब्याक्त्तिगत आलोचना नसहने, आन्तरिक रूपले धेरैनाजुक र घुसघुसे हुन्छन् । कामुकता र चन्चलता यस आसनमा सुत्नेहरूको एऊटा विषेशता हो भने पातलो छाला र मजबुत पाचनशक्ति अर्को विषेशता हो ।
६) स्टारफीसः र्सर्वेक्षणमा सामेल व्यक्तिहरूमध्ये यस आसनमा सुत्नेहरूको सहभागिता ५% थियो । यस स्थितीमा सुत्ने व्यक्तिहरू सहयोगी भएकाले प्रायः राम्रा मित्र साबित हुन्छन् । यो स्थितीमा ढाडको बलले, ऊत्त्तानो परि, खुट्टा फट्याएर, हात तकियाको आसपास राखी स्टारफिश माछाको आकृतिमा सुत्ने गरिन्छ । यो सयन विधि अपनाऊनेहरू प्रायशः सबैको कुरा सुन्न तयार हुन्छन । यीनिहरू आकर्षाको केन्द्र बन्न चाहदैनन् । स्टारफिस स्थिीतिमा सुत्नेहरूमा घुर्ने -स्नोरिङ्ग), दुस्वप्न देख्ने र निन्द्रामा निसास्सिने समस्याबाट ग्रसीत भइएको पाइयो ।
प्रा. क्रिसका अनुसार यी विभिन्न विशेष स्थितीमा सुत्नेहरू आमरूपमा अर्को सयन स्थिति परिवर्तनन गरेर सुत्दैनन तर ५% ले भने आसन परिवर्तनन गरी गरी सुत्ने गर्दछन ।
-लेखक कुन्डलिनी हस्पिटल झम्सिखेल, ललितपुर मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रियाहरु