वैशाख १५ पछि एनालग टेलिभिजन नचल्ने

२०७३ चैत्र १३ गते, आईतवार

काठमाडौं, १३ चैत । आगामी वैशाख १५ पछि काठमाडौँसहित ललितपुर, वीरगञ्ज, बिराटनगर, पोखरामा एनालग टेलिभिजन नचल्ने भएको छ । यी बाहेकका अन्य सबै नगरपालिकामा पनि आउदो कात्तिक १५ पछि एनालग टेलिभिजन चल्ने छैनन् । ०७५ को वैशाख १५ गतेपछि ग्रामीण क्षेत्रसहित देशभर एनालग टेलिभिजन बन्द हुने सञ्चार मन्त्रालयका केबल टेलिभिजन समन्वय शाखाका इञ्जिनियर अनिल भुजेलले जानकारी दिए । यसअनुसार ०७५ को बैशाखसम्म देशभरका टेलिभिजन एनालगबाट डिजिटलमा रुपान्तरण भएसक्ने सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ । पहिलो चरणमा भने काठमाडौँसहित ललितपुर, वीरगञ्ज, विराटनगर, पोखरामा आगामी वैशाख १५ भित्रै यो ब्यवस्था लागू हुनेछ । एनागल टेलिभिजनको सेवा गुणस्तरीय र समयसापेक्ष नभएकाले अन्तर्राष्ट्रिय नियमअनुसार नै यसलार्ई विस्थापन गर्न लागिएको हो ।

प्रतिक्रियाहरु