वैरागीलाई मृत्युदण्ड – वैरागी जेठा

२०७१ माघ ६ गते, मंगलवार

प्रिय गजेघले
सूर्यको किरणसँगै
फोसीमा उम्लिँदैछ
वैरागी
नयाँ मुलुकको कर तिर्न नसकेर
भ्रष्टचारीको तक्मा भिरेको छ
नेपोलियन र हिटलरझैँ
एउटा शासक बन्ने सपना लिएर
कविता लेख्ने वैरागी
अब बच्नसकेन
रङ्गरुटको डुँङ्गा चढेर
रातको मध्यभागमा
युद्ध लडिरहेछ
ऊ प्रतिबद्धहुँदा हुँदै
कर तिर्न सकेनर
मारिँदै छ
कुखुराको डाँक सँगै
कुटिल छलमा
जिमुवालहरू
पिछा गरिरहेछन्
वैरागीले
कविता पुँज्न सक्नेछैन
कविताहरू फुल्नेछैनन्
सहरमा
पक्कापक्की बाँच्ने छैन
युगौयुग फर्किने छैन
ऊ रम्ने छैन
आज
हिमालझैँ रोयो
दरबारमार्गको पेटीमा
मुटुमा गाँठो पारेर
रोयो छयालब्याल्ल
निरीह वैरागी
डाँडाको जुनझैँ ओइलीएर
आँतबाट खलाँती फुकिरहेछ
विद्रोह गीत गाउने
आँसु पिएर
अन्तिम कविता लेखिरहेछ
कर तिर्न नसकेर
उसका सत्रुहरू
बोलबोल् माछा मुखभरि पानी गाइरहेछन्
राष्ट्रप्रेमी वैरागीका छातिमा बसेर
दैनीक झोलाबोकेर
सहरको फन्को मार्ने मानिस
कर तिर्न नसकेर
आत्महत्या गदैृ छ
उस्लाई जोत्नु जोते
गोरुझैँ
राजनीतिका अनेक छटाहरू
वैरागीलाई चिरिरहेछन्
एउटा मुढोझैँ
करका हुलाकीहरूले
समाजको कालो धुँवा
बेगले उडिरहेछ
साहित्यिक उद्योग निमिट्यान्न पार्न
पीडा अनुभूत हुन्छ
दलालहरूले फन्को मारिरहेछन्
अनेक दृश्यहरू नाचिरहेछन्
वैरागीको कुटी वरीपरि
उत्कृष्ट सपना बोकेर हिँडेको ऊ
मृत्युको पर्खाइमा छ
भोलि विहान चुँडिदै छ
कोमल वैरागी
आँसु पुछ्न नभ्याउँदै
करकार्यालयले
उसलाई मृत्यु दण्ड दिइसकेको हुने छ
खोलो सुसाएझैँ
ऊ सुसाइरहेछ
प्रिय गजेघले
हृदयमा कविता टाँसेर
प्यारो मान्छेको माला खोजिरहेथ्यो
उस्का अनुहारले
आत्मिक मानिस पाउन सकिरहेको छैन
यतिबेला
कठै वैरागी
छाती उर्लन्छ
उसले आशै आशामा
असल उद्यमी बन्ने कथा सिउँदा सिउँदै

सद्दाम हुसेनझैँ मारिने भो
कर तिर्ननसकेर
माया लागेर पनि
मर्ने नै भो
मृत्यु दण्ड पाएर
तर
वैरागी मर्नु हुन्न भन्ने कोही छैन
मैले पनि देखेँ

क्रान्तिको स्वप्नमा हिँडीरहन्थ्यो
कठै वैरागी

प्रतिक्रियाहरु