वैद्य माओवादीको जिल्ला कमिटी नेकपामा समाहित

२०७४ बैशाख ५ गते, मंगलवार

काठमाडौं, ५ बैशाख । वैद्य माओवादीको सिंगो जिल्ला कमिटी नै नेकपामा समाहित हुने क्रम तिब्र रुपमा भरहेको छ । यसैबीच कालिकोटको मुम्रा गाविस इन्चार्जसहित पूरै कमिटी नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेको छ । सोमबार एक कार्यक्रमबीच इन्चार्ज कमर्स, सेक्रेटरी विमलसहित २२ सदस्यी कमिटी पूरै प्रवेश गरेको हो ।
यसैगरी , सोमबार एक कार्यक्रमबीच क्रान्तिकारी माओवादीका चितवनका जिल्ला सदस्यहरु दोर्जे लामा र दिवस उप्रेतीसहित ५२ नेता-कार्यकर्ताहरु नेकपा प्रवेश गरेका छन् । नवप्रवशीहरुलाई नेकपाका जिल्ला इन्चार्ज लालबहादुर बिसीले स्वागत गरेका थिए । यसअघि केही जिल्ला नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका थिए भने बाँकी रहेकाहरु पनि नेकपामा प्रवेशको तयारीमा रहेको बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु