वैद्य माओवादीको अध्ययन भ्रमण टोली चीन प्रस्थान गर्दै

२०७२ असार २१ गते, सोमबार

काठमाडौँ, २१ असार । चिनिया कम्युनिस्ट पार्टीको निमन्त्रणामा नेकपा–माओवादीका केन्द्रीय सदस्य तथा नेकपा – माओवादी केन्द्रीय पार्टी स्कुल विभागका सचिव एवं माक्र्सवादी लेखक हस्तबहादुर के.सी.को नेतृत्वमा नेकपा–माओवादीको ५ सदस्यीय एक अध्ययन भ्रमण मण्डल चीनको विविध क्षेत्रको अध्ययनका लागि भोलि चीनतर्फ प्रस्थान गर्दैछ । यस टोलीका अन्य सदस्यहरुमा नेकपा–माओवादीका केन्द्रीय सदस्य देवेन्द्र श्रेष्ठ (भक्तपुर), केन्द्रीय सदस्य कुमारी मोक्तान (मकवानपुर), नेकपा–माओवादी कास्कीका सचिव अर्जुन छन्तेल (पोखरा) र महिलाको तर्फबाट दुर्गा राई (भोजपुर) छन ।
यस टोलीले बेइजिङमा चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले असार २६ गते (जुन २०१५ जुलाइ ११) मा आयोजना गर्ने ‘चिनियाँ विशेषता सहितको समाजवाद’ विषयक सेमिनारमा भागले लिने छ र उक्त सेमिनारमा टोली प्रमुख हस्तबहादुर के.सी. ले नेकपा – माओवादीको धारणा राख्ने कार्यक्रम रहेको नेकपा–माओवादीले जानकारी गराएको छ । नेकपा–माओवादीको यो अध्ययन भ्रमण मण्डल २०७२ साउन १ गते स्वदेश फर्कने कार्यक्रम रहेको नेकपा – माओवादीले जानकारी गराएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु