वैदेशिक रोजगार र महिला हिंसा विरुद्धको १६ दिने अभियान – मीरा राजभण्डारी अमात्य

२०७४ मंसिर २६ गते, मंगलवार

सन् २००७ को अक्टोबरको चिसो मौसम म जापान बसाईको दुई वर्ष पछि नेपाल फर्किने तरखरमा थिए । हिसाई स्थित एक मोटर कम्पनिमा काम गर्दा एक नेपाली भाई पनि हामी संगै काम गर्थे । काममा निकै मेहनती । उनको एउटी प्रेमिका थिईन । हरेक आईतबारको छुट्टीको दिन या त उनी प्रेमिका भेट्न जान्थे या प्रेमिका उनकोमा आउथीन । म सोच्थे दुबै अविवाहित होलान् । तर पछि थाहा भयो । उनी एक श्रीमती र २ छोरा छोरीका श्रीमान समेत रैछन् ।
उनी कहिले मोबाइलमा पैसा नहुदा म संग मोबाईल माग्थे । त्यस्तै क्रममा एक दिन कसलाई हो चर्को स्वरमा गाली गर्दै थियो । मेरो मोबाईलबाट कुरा गरेको हुंदा म नजीक थिएं। करीब १५ मिनेट कुरा गरेपछि उनले मोबाईल फिर्ता दिदै भने “भाउजु गोमेन साई (माफ गर्नुस )। हेर्नुस न श्रीमतीले सारै तनाब दिई, जहिले पैसा माग्छे । कुकुरनी पोइल नि जादिन, अटेर गरेर बसेकिछे, नेपालमा भएको भए छप्काइै दिन्थे” मेरो मुटु खंग्रग भयो । श्रीमती संग किन त्यस्तो निष्ठुरता ? पछि थाहा भयो जापानमा केटी राखेको थाहा पाए पनि उनकी श्रीमती भने घर व्यबहार धानेर बसेकी रैछिन । आफनो कमाई नभएको कारण छोरा छोरी पाल्न उनी पैसा माग्दी रैछिन् । शायद त्यही गल्ती थियो उनको, लोग्नेको खप्कि खान्थिन् । त्यो घटना पछि मलाई त्यो केटी र केटा दुबै देखि घृणा लाग्थ्यो । सके सम्म बोल्न नि चाहन्न थिएं । तर मोबाईलमा पैसा नहुदा मेरो मोबाईल माग्न भने उसले छोडेन । एक दिन उसले फेरी मोबाईल माग्यो । कुरा गर्दै जांदा बीचमा उनकी छोरीले बोलिन । छोरी संग भने अलि सभ्य बोले उनले । अन्तमा भने हकार्दै भने किन चाहियो तंलाई साइकल, छैन पैसा बा संग” । म छेवैमा थिएं । नानी हरु भने पछि हुरुक्कै हुने बानी मेरो । एक पटक कुरा गर्छु भन्दै मोवाईल मागे । उता छोरी रुदै रैछिन्, उनले रुदै आण्टि बा लाई भन्दिनुस न, साइृकल पैंतिस सय मा आउंछ, प्लिज आंटी” । मेरो मन हुरुक्क भयो । छोरी लाई पनि त्यसतो ? किन कमाउन आको होला जापान ।
मैले त्यो केटाको कमाई र खर्चको हिसाब जोडे । दिनको कम्तिमा नेपाली १२ हजार कमाई, हिसावले तीन लाख पचास हजार मासिक । पे्रमिकाको कोठा भाडा २१ ह्जार मासिक । फमाईसका लागि गरेर कम्तिमा ५० हजार खर्च गर्थे उनी प्रेमिकालाई । छोरीलाई साईकल उसको तीन घण्टाको कामले किन्न पुग्थ्यो । मेरो मन खिन्न भयो । म लख कात्थे त्यस्ताको श्रीमती नविग्रे के आश्चार्य ।
नेपाल फर्के पछि म आफनै काम र छोरा छोरीमा रमाएं । तर कहिले काही श्रीमान विदेशिएका महिला हरुका बारेमा टिक्का टिप्पणी, नकारात्मक चर्चा र लेख सामग्री पढ्रदा मन दुख्थ्यो । म जापान बसाईमा देखेका पुरुष र महिलाहरुका नाटक सम्झिन्थे । कहिलेकाही ती घटनाक्रमहरुलाई जोडेर लेख्न जंग चल्थ्योे । तर लेख्न सक्दिन थिएं । किनकि सवै नेपाली हरु त्यस्ता थिएनन् । जुलाई अगष्टका रापिला घाममा तपेर पसिनाको कमाई विपि मेमेरियल हस्पिटलमा सिटी स्क्यानिंग मेसिन किनी सहयोग गर्ने र गाउंमा बाटो बनाउने, स्कुल हरुलाई चन्दा दिने लगायत आफन्त र समुदायको लागि मरी पर्ने जमात हरु माथि पनि शंकाको विजारोपन हुन सक्थ्यो नेपालका परिवार समुदाय माझ मेरो लेखले ।
समग्र व्रिश्व अहिले महिला हिंसा विरुद्ध को १६ दिने अभियानमा होमिएको अवस्था । महिला माथि हुने हरेक खालका हिंसा विरुद्ध आवाज उठाउने र त्यसको निराकरणका लागि एक्यबद्धता जनाउने तथा आवश्यक नीति निमार्ण गर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय अभियानमा विश्व होमिएको अवस्था । अनि समस्त विश्व मानव अधिकारको रक्षार्थ को अभिययामा लोगेको अवस्था ।
तर यी सवै अभियानमा एउटा क्षेत्रको आवाज भने खासै उठेको म पाउंदिन । त्यो हो श्रीमान वा श्रीमती स्वयं विदेश बसेका महिलाहरु माथि भएका मानसिक र सामाजिक लगायतका हिंसा । वैदेशिक रोजगारमा गएका पुरुषहरु मात्र होईन उनका श्रीमती लाई उनका आफनै श्रीमान र आफन्त समाज बाट उनी माथि हुने हरेक खालका हिंसाका विरुद्ध नत खासै उजुरी पर्छ, नत श्रीमान श्रीमती बीचको दुरीपनले उव्जाएको द्धन्द र असमझदारीलाई निरकारण गर्न आवश्यक सहयोग परामर्स गर्ने कुनै निकाय नै छ । भर्खरै मात्र एक महिलाले आफना छोरा सहित एकै रुखमा झुण्डेर आत्म हत्या गरीन् । विदेशमा रहेका उनको श्रीमानले नेपाल फर्किदा आर्कै केटीलाई विहे गरी ल्याए पछि, सहन सकिनन् र उनी अबोध ४वर्षिय छोरालाई समेत झुण्डयाएर आत्म हत्या गर्न बाध्य भईन ।
महिलाहरुले आत्म हत्या गर्ने घटनाले संचारमाध्ययम हरु पोतिने गर्छन । तर हरेक घटनामा मृतक स्वयंको कमजोरी देखाएर उनलाई आत्म हत्या गर्न विवस गर्ने हरुले छुट पाउंछन् नेपालमा । अझ श्रीमान विदेशिएका छन् भने फलानो संग लसपस थियो त्यसैले मरी भन्ने सम्मका मिथक हरु सुन्नमा आउंछन् । अझैपनि आत्म हत्या गरेका महिलाहरु का दोषीको खोजी गर्ने र उनीहरुलाइै दण्डित गर्ने कानुन सम्मत व्यवस्थालाई व्यबहारमा उतारेको छैन हाम्रा न्यायालय हरुले । यसको लागि दोषी को ? उत्तर हो हामी महिला आफै । कारण महिलाहरु घर परिवार समाज को इज्जत जाला वा छोरा छोरी विग्रेलान भन्दै आफना लोग्ने वा अन्य पुरुषले वा परिवारले उनीहरु माथि गर्ने हरेक खालका हिंसा विरुद्ध आवाज उठाउन सक्दैनन् । चुपचाप हिंसा सहन्छन् र हिंसा गर्ने हरुका मनोबलमा दिन दुना रात चौगुना मनोबल बढाई रहन्छन् ।
नेपालमा प्रजातन्त्र पुःनस्थापना पश्चात र त्यस पश्चात उब्जेको दश वर्षे द्धन्दले नेपालक आर्थिक र सामाजिक क्षेत्रमा परेको प्रभाव कहालि लाग्दो छ । देशको राजनैतिक द्धन्दमा राज्य र गैर राज्य दुवै निकायको मारमा परेका निरिह शान्ति प्रेमीहरुको जमात लाखौंको संख्यामा विदेश पलायन भए । द्धन्दमा होमिन नचाहने बर्ग र कि गरी खान्छु कि मरी जान्छु भन्ने जमात को लर्को विदेशिन बाध्य भए । तर अहिले तिनै विदेश होमिएकै जमातहरु नै देशमा भोगेका पिडा, रीनको बोझ र पारिवारिक दायित्वलाई विसर्ने गरी रहेका छन् । जसका कारण उब्जेको घर कलहले दृश्य अदृश्य रुपमा बाल मनोविज्ञनामा असर परेको छ । परिणाम विदेशिएका हरुका छोरा छोरी कुलत र कुसंस्कारमा पर्ने गरेका थुप्रै उदाहरण छन् ।
संयुक्त राष्ट्र संघको विश्व व्यापि घोषणा पत्रले मानव विकासको लागि आवश्यक मानव अधिकारको आधार स्तम्भको रुपमा व्याख्या गरेको महिला विकास को अवरोध हो महिला माथि हुने सवै प्रकारका हिंसा तथा हिंसा जन्य कार्य हरु । महिला विकासका लागि दिएका आधारभुत महिला अधिकारका सवाल हरु अझै पनि व्यबहारमा उतार्न त्यसका प्रयोगकर्ता महिला स्वयंम दरिन सकेको अवस्था छैन । हाम्रो समाज महिला लाई दोषि देख्ने समाज हो तर त्यो समाजको दोषी चश्मा लाई उतार्न महिलाहरु स्वयं स्वस्फुर्त रुपमा लागि पर्न आवश्यक छ । तर घर परिवार समाज र अझ छोरा छोरी को भविश्यलाई मध्यविन्दुमा राख्दै आफु माथि हुने मानसिक शारिरीक लगायतका यावत हिंसाका विरुद्ध जान हिम्मत गर्न किन सरिहेका छैनन यो प्रश्न आम महिला, आम महिला मानव अधिकारकमी, तथा न्याय क्षेत्रमा काम गर्ने जमातको लागि चासोको विषय बन्न आवश्यक छ । महिलाहरुको यिनै खोक्रो आर्दश र समाज परिवार प्रतिको दायित्वले उल्टै परिवार तथा समाज विकासको तगारो बनेको हेक्का राख्ने हैसियत उनीहरुमा छैन । नत समाज र महिला प्रति गैर जिम्मेवार हिंस्रक वर्गको हिंसाजन्य कार्य बाट उन्मुक्ति पाउन हरेक हिंसाका विरुद्ध कदम नउठाउने हो भने भोलिका दिनमा उनै महिला हरु नै छोरी, बुहारी, चेलीको लागि खुल्ला हिंसा क्षेत्र बनाउने अदृश्य निमार्णकर्ता बन्ने हेक्का र अनुमान सम्म गर्न सकेका नै छन् ।
भनिन्छ हिंसा सहनु पनि हिंसा गर्नु सरह अपराध हो । तर विदेशिएका श्रीमान हरुका कारण महिला हरुले भोग्नु परेको मानसिक लगायतका यातना विरुद्ध राष्ट्रिय मानव अधिकार आयोगका सम्म पनि खासै उजुरी सुन्ने र मनोपरामर्स गरी श्रीमान श्रीमती विचको असमझदारी लाई मिलन विन्दुमा ल्याई दिने कुनै निकाय छैन । नेपालको राजनैतिक स्थायित्व र विकास का लक्षहरु पुरा नभए सम्म नेपालमै रोजगारीका लागि आवश्यक उद्योग धन्दा लगायत बन्ने अवस्था छैन । तर्सर्थ वैदशिक रोजगारीलाई हदै सम्म का लागि व्यवस्थित गर्न अव विदेशिएका श्रीमान तथा श्रीमतीका बीच मध्यस्त गरी दिने दिगो र विश्वासिलो निकाय बनाउन राष्ट्रिय महिला आयोग लगायतका राज्यका सरोकार वाला निकायको तत्काल पहल कदमी जरुरी छ । अन्तमा दिगो विकासकै लक्षलाई पुरा गर्ने हो भने पनि समग्र महिला विकास नभए सम्म ती लक्ष अपुरो रहने हुंदा महिला माथि हुने हरेक प्रकारका हिंसा मध्य वैदेशिक रोजगारमा रहेका श्रीमानहरु बाट हुने हिंसा रोक्न आव्श्यक निकायको तर्जुमाको आवश्यकता तडकारो छ, जसले महिला हिंसा विरुद्धको १६ दिने अभियानलाई परिणाममुखि बनाउन थप एक इट्टाको काम गर्ने छ ।

प्रतिक्रियाहरु