वैज्ञानिक पद्धतिद्वारा रुखको गणना

२०७२ जेष्ठ १३ गते, बुधबार

काठमाडौं, १३ जेठ । नवलपरासीका साझेदारी वनमा वैज्ञानिक पद्धतिबाट रुखको गणना सुरु गरिएको छ ।रुखको जात र साइज पहिचान गरी रुखमा नम्बरिङ गरी गणना अघि बढाएको सहायक वन अधिकृत प्रमोद भट्टराईले जानकारी दिए ।जिल्लाको सुनवल, वनजरिया, अमरौड क्षेत्रमा फैलिएको १७ हेक्टर वनमा वैज्ञानिक वन व्यवस्थापनका लागि कम्पार्टमेन्ट बनाउँदै वैज्ञानिक पद्धतिबाट रुखको गणना सुरु गरिएको हो ।रुखको गणना गर्न वन क्षेत्रमा वनको कोर र फ्रिन्ज क्षेत्र छुट्टाछुट्टै छुट्टाइएको छ । वनभित्र दुईवटा समूहमा काम भइरहेको छ भने प्रत्येक ५० मिटरमा वनको सीमाङ्कन गरिएको छ ।गणनाअन्तर्गत रुखको मोटाइ, गोलाइ, लम्बाइ र उचाइ जिपिएस मेसिनद्वारा पत्तालगाइ रुखमा नम्बर टाल्ने काम तीव्र भइरहेको छ ।वन क्षेत्रभित्र खाली रहेको जग्गामा वृक्षरोपणका लागि ५० हजार नर्सरी प्लान्ट तयार भइरहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार