वेल्जियमको उच्चस्तरीय राजनैतिक टोलीले नेपाल भ्रमण गर्ने

२०७३ मंसिर १६ गते, बिहीबार

काठमाडौं, १६ मंसिर । नेपाली समाज वेल्जियमको संयोजनाामा वेल्जियमको सवै भन्दा ठूलो राजनैतिक दल NVA का केन्द्रीय सांसदहरू सहितको एक उच्च स्तरिय टोली अागामी चैत्र २१ गतेवाट देखी वैसाख २ गते सम्म नेपालको भ्रमण अाउने भएको छ ।
टोलीमा चितवन जिल्ला घर भै वेल्जियमको सत्तारूढ दलका क्षेत्रीय सदस्य समेत रहेका छोरी परियोजनाका अन्तराष्ट्रिय संयोजक कृष्णप्रसाद रेग्मीले नेतृत्व गर्नु हुने छ भने टोलीका अन्य सदस्यहरूमा वेल्जियमको केन्द्रीय संसद कामरका संसदीय दलका उपनेता श्रीमती रिता वेलन्स , वेल्जियमकै सवै भन्दा कान्छी सांसद सुश्री डा. योलिन भान क्याम्प , फलामिस प्रधानमन्त्रीका गृहप्रशासन सम्वन्धित सल्लाहकार श्रीमती मिट भान्दरस्टेगन , छोरी परियोजनाका सल्लाहाकार लिन्दा एभरार्ट ,नोवेर्ट र भिभियाने , तथा नगर उपप्रमुख वेल्स , पत्रकार मार्क हेर्सन (गजेट भान अान्त्रोपेन) लगायतकाले नेपालको भ्रमण गर्ने छ ,
भ्रमण टोली नेपालमा रहदाँ प्रधानमन्त्री , परराष्ट्र मन्त्री , अर्थ मन्त्री तथा राष्ट्रिय पुन निर्माण समिति , पर्यटन मन्त्रालय र योजना अायोगका पदाधिकारहरूसंग समेत दुइ पक्षीय हितका सम्वन्धमा छलफल हुनेछ । सो टोलीले भुकुम्प प्रभावित चितवनको कविलास गाविसमा संचालित कार्यक्रमहरूमा समेत सहभागिता हुने छ भने , कविलासमा नै निर्माण हुने छोरी परियोजनाको वहुउद्देश्यीय सामुदायिक भवनको निर्माणको शिल्यान्यास समेत गर्ने छ , साथै सो टोलीले चितवनका विभिन्न १५ अामा समुहरूको विविध कार्यक्रमहरुमा सहभागी हुने कार्यक्रम तय भएको छ । साथै छोरी परियोजनाको अायोजनामा हुने चितवनका दुर्गम क्षेत्रका नानीहरूको शैक्षिक भ्रमणमा समेत सहभागि हुने छ । तीन दिन चितवन रहदाँ टोलीले विभिन्न स्थानीय निकायहरूले अायोजना गर्ने कार्यक्रमहरू सहभागी हुने कार्यक्रम रहेको छ । टोली पोखरा , वन्दिपुर र गोर्खा लगायत राजधानीका विभिन्न पर्यटकीय क्षेत्रहरूको भ्रमण गर्ने छ । यो टोलीले से फोक्सुन्डो , रारा ताल र वर्दिया राष्ट्रिय निकुंजको समेत भ्रमण गर्ने छ तर यो निर्णय हुन वाँकी नै छ यस सम्वन्धमा नेपाल सरकार अान्तरिक गृहकार्यमा रहेको जानकारी प्राप्त भएको छ ।
छोरी परियोजनाको अायोजनामा वेल्जियमका राजनैतिक दलका सानो एक टोलीले यस अगाडि पनि नेपालमा भ्रमण गरेको थियो भने वेल्जियमवाट उच्च स्तरीय राजनैतिक यो भ्रमण भने पहिलो पटक हुदै छ यसले नेपालको पर्यटन पूर्वाधार तथा नेपाल र वेल्जियमको अापसी नागरिक तहको कुटनैतिक सम्वन्ध विकास गर्न समेत महत्वपूर्ण हुने विश्वास नेपाली दुतावास वेल्जियमका नव नियुक्त राजदुत लोकवहादुर थापा वताउछन । वेल्जियमको उच्च स्तरीय राजनैतिक टोली नेपाल भ्रमण मा जाने निश्चित भए पछि वेल्जियममा रहेका नेपालीहरू समेत खुशी भएका छन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु