वेलायति अभिनेतृ लुम्लेद्वारा नेपाल र नेपालीको प्रशंशा

२०७२ बैशाख २६ गते, शनिबार

काठमाडौँ । वेलायति अभिनेतृ जोअना लुम्लेले नेपाली भूकम्प पीडितका लागि करिव ५ अर्व राहात संकलन गरेकी छन् । उनले नेपली सेनाले वेलायतका लागि ठुलो गुन लगाएको भन्दै नेपाली सेना र सिंगो नेपालीको प्रशंशा गरेकी छन् । उनले अहोरात्र नेपाली भूकम्प पीडितका लागि खटेर राहत संकलनलाई बढाउने बताएकी छन् । प्रस्तुत छ उनको पत्र उनकै शव्दमा भारी मन बोकेर म यो लेख्दैछु, हाम्रो देशको रक्षा गर्ने र मेरो जीवनसँग प्रत्यक्ष जोडिएका त्यस देशका जनता अहिले शोकमा छन् । दुई सय वर्षदेखि बेलायतमा गोर्खालीहरुले योगदान गर्दै आएका छन् । मेरो आफ्नै बाबुले १८ वर्षसम्म गोर्खा राईफल्समा सेवा गरे । नेपाली सैनिकसँग काँधमा काँध मिलाएर उनी लामो समय लडे । गोर्खा सैनिकहरुले बेलायतलाई दोस्रो विश्वयुद्धमा सहयोग गरे र अहिले पनि सहयोग गरिरहेका छन् । अहिले त्यही गोर्खाहरुको देश मृत्युको शोकमा पर्दा मलाई निकै पीडा महसुस भएको छ । बाँचिरहेका व्यक्तिहरु चरम गरिबिमा छन् भन्ने सुन्दा अझै पीडा भइरहेको छ । दैनिक जीवन सञ्चालनका लागि उनीहरु संघर्ष गरिरहेका छन् । यो भूकम्प पछिल्लो ८० वर्षपछिको ठूलो महाभूकम्प हो । भारी मन बोकेर म यो लेख्दैछु, हाम्रो देशको रक्षा गर्ने र मेरो जीवनसँग प्रत्यक्ष जोडिएका त्यस देशका जनता अहिले शोकमा छन् । दुई सय वर्षदेखि बेलायतमा गोर्खालीहरुले योगदान गर्दै आएका छन् । मेरो आफ्नै बाबुले १८ वर्षसम्म गोर्खा राईफल्समा सेवा गरे । नेपाली सैनिकसँग काँधमा काँध मिलाएर उनी लामो समय लडे, यस भूकम्पले उनीहरुसँग भएको थोरै कुरा पनि खोसेर लगेको छ । आमाहरुले छोराछोरी गुमाएका छन्, श्रीमान्हरुले श्रीमती र मृतकहरुको संख्या यसरी नै बढिरहेको छ । तपार्इंहरुले यो पढ्दै गर्दा शनिबार गएको भूकम्पबाट पीडित भएकाहरु राहतको खोजीमा छट्पटाइरहेका छन् । उपत्यका बाहिर रहेका धेरै गाँउहरुमा धेरै च्यापिएका छन्, किचिएका र थिचिएका छन् । पहिरोले पुरिएका छन् र घाइतेहरु जीवन जोगाउन उपचारको आशामा प्रतिक्षारत छन् । भूकम्प केवल ६० सेकेन्ड मात्रै गयो । तर, त्यसको प्रभाव लामो समयसम्म रहनेछ । नेपालीहरुलाई अहिले हाम्रो सहयोग आवश्यक छ । म नेपालको भूकम्प पीडितहरुको समर्थनमा सहयोग जुटाइरहेको छु किनकि हामीले संकलन गरेको सहयोग रकम नेपाली दाजुभाईलाई उद्धार गर्न खटिरहेका बेलायती नियोगहरुले प्राप्त गर्नेछन् । उनीहरुलाई तत्कालै प्रभावकारी ढंगबाट उद्धार गर्न यो सहयोगले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।
चन्दा रकम सोझै घाइतेको उपचार, घरबारविहिनलाई बसोबास र पानी, खाद्यान्न र अन्य आवश्यक सामाग्री उपलब्ध गराउनका लागि जानेछ । उनीहरुले सबै गुमाएका छन्, धेरै पीडामा परेकाहरुको जीवन रक्षार्थ सहयोग दिइनेछ, यसमा बालबच्चा, जेष्ठ नागरिक र अपाङगहरु समेत पर्नेछन् ।
नेपालका बहादूर जनतालाई तत्कालै हाम्रो साथ चाहिएको छ र यसलाई उनीहरु हार्दिकतापूर्वक स्विकार्ने छन् । ५ पाउन्डले एक परिवारलाई एक दिनसम्म पाल्न सक्नेछ, १० पाउन्डबाट दुईसातासम्म दुई परिवारलाई शुद्ध पानी उपलब्ध गराउन सकिनेछ, २० पाउन्डले ५ परिवारलाई तत्कालै बस्नका लागि टेन्टको व्यवस्था गर्न सकिनेछ । त्यसैले यस अपिललाई गम्भिरतापूर्वक लिनुभयो भने हाम्रो सहयोगको आशामा प्रतिक्षारत थुप्रैसामू राहत पुग्नेछ । तपार्इंहरु सबैलाई हृदयदेखि नै धन्यवाद् छ । मलाई नेपाली समूदायप्रति सहयोग गर्नका लागि अग्रसर हुनँ पाउँदा निकै गर्व लागेको छ ।

प्रतिक्रियाहरु