वीरगन्जमा हर्न निषेधित

२०७५ मंसिर २१ गते, शुक्रबार

काठमाडौं , २१ मंसिर । वीरगन्ज महानगरपालिकाले वीरगन्ज नगरक्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गर्ने भएको छ । कार्यपालिकाको बैठकले आगागी पुस १७ गतेदेखि वीरगन्ज नगरक्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. भीष्मकुमार भुसालले वीरगन्जलाई हर्न निषेधित क्षेत्र घोषणा र प्लास्टिकमुक्त गर्ने प्रस्ताव पेस गरेकामा बैठकले सर्वसम्मतिबाट पारित गरेको हो ।
महानगरपालिकाको उक्त निर्णयलाई सफल बनाउन जिल्ला ट्राफिक कार्यालय तथा स्थानीय संघ–संस्थाहरुको समन्वयमा व्यापक जनचेतना कार्यक्रम सुरु गर्ने निर्णयसमेत गरिएको छ । महानगरको पहिलो चौमासिक अवधिको राजस्व असुली तथा खर्चको समीक्षा गर्न वडाध्यक्ष ब्रह्मदेव कुर्मीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरी प्रतिवेदन दिन एक हप्ताको समय दिने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार