वीपी राजमार्गमा जोखिम बढ्दै

२०७३ चैत्र १३ गते, आईतवार

काठमाडौं,१३ चैत । सिन्धुलीको वीपी राजमार्गमा दिनप्रतिदिन जोखिम बढ्दै जान थालेको छ । राजमार्गअन्तर्गत सिन्धुलीको खुर्कोट-नेपालथोक सडक खण्डमा पर्ने सुनकोशी गाउँपालिकाको भलायोटार भीर सडकमा सुख्खा पहिरो गएको एक महिना बित्दासमेत मर्मत नहुँदा यातायातका साधनको जाम र जोखिम हट्न सकेको छैन । बनेपा-सिन्धुली-बर्दिवास सडक आयोजनाले पहिरो गएको सडकलाई तत्कालै मर्मत गर्न जिम्मा लिएको थियो । तर ढिलासुस्तीका कारण वीपी राजमार्गको यात्रा कष्टकर भएपछि सवारी साधनको आवागमनमा समेत कमी आएको छ । भत्केको सडकको मर्मत गर्न ढिला हुँदा वीपी राजमार्गमा संचालन हुने सार्वजनिक तथा निजी सवारी साधन जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

तराईमा ‘लू’ को सम्भावना !

२०८१ बैशाख ११ गते, मंगलवार