विहारमा नक्सालवादी हमला

२०७२ जेष्ठ १२ गते, मंगलवार

काठमाडौं,१२जेठ । भारतको बिहारमा नक्सलवादीलेहमला गरी ३२ वटा ट्रकमा आगजनी गरेका छन् ।बिहारको गया जिल्लास्थित राजमार्गमा रोकिराखेको ट्रकमा आगजनी गरेपनि कुनै मानविय क्षति भने नभएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
केही दिनअघि प्रहरीसँगको मूठभेडमा एक महिला नक्सलवादी मारिएपछि ट्रकमा आगजनी गरिएको आशंका भारतीय अधिकारीहरुको छ ।उर्मिला नामका ती महिलाका लागि १५ लाख भारतीय रुपैयाँ पुरस्कार घोषणा गरिएको थियो ।उनी मारिएको विरोधमा भारतीय माओवादीले २५ र २६ मे दुई दिनका लागि बिहार बन्दको आह्वान गरेको थियो । जसको प्रभाव बिहारभर परेको छ ।- एजेन्सी

प्रतिक्रियाहरु