विस्तारवाद र पुँजिवादको जरा उखेलेर फ्याल्न तयार होऔ – नबीन अधिकारी

२०७४ मंसिर २६ गते, मंगलवार

पछिल्लो समय नेपालमा कथित चुनाबको मतपरिणाम सार्वजनिक हुँदै दलालहरुको केन्द्रमा ठुलै उत्सव चल्दै गरेको अवस्थामा नेपाल कम्युनिस्ट पार्टीले सन्चालन गरेको बहिस्कार आन्दोलन र एकीकृत जनक्रान्तिका विषयमा केहि लेख्न आवस्यक लाग्यो! निश्चय नै देश राजनीतिक हिसाबले कित्ताकाट भैसकेको अवस्था हो। अब यसमा संका र दुबिधा रहेन। यसै क्रममा दलाल पुँजीवादमा आधारित संसदिय व्यवस्थाका बिरुद्ध बैज्ञानिक समाजवाद स्थापनाको उद्घोष सहित समानान्तर शक्ति स्थापित हुँदैछ, नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा। र यसले बहिस्कार नै अन्तिम बिजयको रुपमा नलिएर दिर्घकालिन एकीकृत जनक्रान्ती मार्फत समाजका तमाम सांस्कृतिक, राजनैतिक, आर्थिक सहित अन्य सबैखाले अन्तरविरोध हल गर्ने दुरगामी योजना बनाएर अघि बढेको थियो र पुरै पार्टी पंक्ती जनताको साथमा आफ्नो रणनितिमा सफल भएको देखिन्छ।
यसै चुनावका क्रममा भएका बल प्रयोगका घटना र संष्लेशन पार्टीका महासचिव विप्लवले विज्ञप्ति मार्फत गरिसक्नु भएको छ। चुनाब बहिस्कारका क्रममा राज्य दमन र फाँसिवादी चरित्रका बिरुद्ध सन्चालन भएका प्रतिरोध कार्वाही बारे ब्यापक मात्रामा भ्रम सिर्जना गर्ने प्रयास गोयवल्स शैलीमा भएको देख्न पाइयो। केहि भारतिय अनलाइनले त यसलाई आतंकवादी हमला भनेर ढ्याङ्ग्रो ठटाउँदै गरेको समेत देखियो भने हिंजो जनयुद्धको ठुलै हस्ती भनेर आफ्नो आत्मकेन्दृत व्यक्तिवाद झल्क्याउने महाशयहरुले त झन श्रीलंकाको तमिल टाइगर संग राखेर तुलना सम्म गर्न भ्याए र प्रभाकरणकै हालतमा विप्लवलाई पुर्याइदिने धम्की सम्म दिन भ्याए!
प्रतिरोध घटना जहाँ जुन हिसावले घटे पनि ति सबैमा एउटा साझा प्रकृति भेटिन्छ, जुन एकजना म्यादी प्रहरीको दुखद घटना बाहेक अन्य सबै प्रहार दलाल संसदिय व्यवस्थाका रखौटे अनि भरियाहरु बिरुद्ध केन्द्रित थिए, नेपालका कुनै पनि सुरक्षा संयन्त्र बिरुद्ध कुनै पनि प्रहार सोझाइएको थिएन। किनभने स्पष्ट रुपमा नेकपाले लिएको रणनिती अनुसार हाम्रो मुख्य दुश्मन भनेको संसदिय व्यवस्थाका मतियारहरु हुन, चाहे जुनसुकै पार्टीका नाममा छरिएर रहेका किन नहुन ! नयाँ युगमा नयाँ शिराबाट क्रान्तिको उद्घोष भएको बेलामा उसको अगाडी वर्गदुश्मन पनि नयाँ रुपमा उभिएको छ। आजको युग राजतन्त्रको युगमा छैन अनि सेनाको बलमा टिकेको राजा पनि छैन। यो युग त दलाल पुँजिवादीहरुको आडमा अनि उत्तर साम्राज्यवादको टेको पाएर उभिएको छ। र यो टेको भाँचेर अनि विस्तारवाद र पुँजिवादको जरा उखेलेर फ्याल्न तपाईँ हामी सबैको साथ चाहिन्छ। लाग्छ सुशासन हेर्ने अनि भोग्ने भोक सबैलाई छ, यो हामि सबैको अधिकार र म्रो सार्वभौम हक हो। तसर्थ अब यहाँनेर सबै देशभक्त सिपाही (सेना, प्रहरी) सबैले नेकपा ले लिएको कार्यदिशामा साथ दिएर नेपाललाई सधैँका लागी बिस्तारवाद, पुँजिवाद अनि दलाल संसदवादको चंगुलबाट मुक्त गरेर बैज्ञानिक समाजवाद स्थापना गर्दै # विश्व जगतमा एक समृद्ध अनि व्यवस्थित मुलुकको नामले चिनाउनु पर्ने समय आएको छ। सबैले चिन्तन मन गरौं, ५० लाख युवा स्वदेश फर्किएर एकपल्ट सामाजिक न्याय र समानतामा आधारित आफ्नै स्वाभिमान सहितको नेपाल निर्माण गर्न तयार होऔँ, असमान सन्धी, सम्झौता खारेजी सहित राष्ट्रिय श्रोत सम्पदाको उचित उपयोग द्वारा आफ्नै देशमा कलकारखाना उद्योग आदि स्थापाना गरौं। भिजन नेपाल कम्युनिस्ट पार्टी संग छ। साथ सहयोग अनि इक्षाशक्ती हामी सबैको खाँचो छ। अन्यथा हामीले पठाएको रेमिटेन्सबाट दलाल भ्रष्टहरु मौलाउँदै जानेछन, पुँजिवादले श्रमिकको रगत चुसेर आँफु सँधै मोटाइराख्ने छ, अनि हामी आँफुलै तेस्रो विश्वको नागरिक भनेर धिक्कार गरिरहने छौं।
हाल – दुबई, युएई

प्रतिक्रियाहरु