विषालु ग्यास चुहावट, सयौं प्रभावित

२०७३ कार्तिक ७ गते, आईतवार

काठमाडौं, ७ कात्तिक । इराकमा इस्लामिक स्टेट आइएससँगको भिडन्तका क्रममा सल्फर प्लान्टबाट चुहावट भएको विषालु ग्यासबाट प्रभावित सयौंको उपचार भइरहेको छ । प्लान्टबाट चुहावट भएको विषालु ग्यासबाट एक हजार मानिस प्रभावित भएको बताइएको छ । सो प्लान्टबाट चुहावट भएको ग्यासका कारण दुई जनाको ज्यान गएको छ । मोसुल शहरभन्दा केही किलोमिटर नजिक रहेको ग्यास प्लान्टमा आइएसका लडाकुले भाग्नुअघि आगजनी गरेका कारण सयौं मानिस प्रभावित भएका हुन् ।
यसैबीच इराकी सेना मोसुल शहरबाट ३२ किलोमिटर नजिकै काराकोशसम्म पुगेका छन् । यता अमेरिकी रक्षा मन्त्री इस्टन कार्टर बिना सूचना इराक पुगेका छन् । आईएस बिरुद्धको कारबाहीमा इराकी र अमेरिकी सेनाको हौसला बढाउन उनी इराक पुगेको बताइएको छ । टर्की हुँदै इराक पुगेका कार्टरले त्यहाँ रहँदा उच्च पदस्थ नेताहरुसँग भेटघाट गरेका थिए । इराकको लडाईमा टर्कीको भूमिकाको पहल गर्न उनी टर्की पुगेको बताइएको छ । इराकमा हाल ४ हजार ८ सय भन्दा बढी अमेरिकी सेना र १ सय जना बिशेष कमान्डो खटिएका छन् ।- एजेन्सी

प्रतिक्रियाहरु