‘विषादी परीक्षण नगरी तरकारी र फलफूल नल्याउनू’

२०७६ श्रावण १ गते, बुधबार

काठमाडाैँ । सर्वाेच्च अदालतले भारतलगात मुलुकबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण नगरी नेपाल नल्याउन सरकारका नाममा अन्तिम आदेश दिएकाे छ । मंगलबार सर्वाेच्चकाे एक इजलाशले भारत तथा अन्य मुलुकबाट नेपाल आउने तरकारी तथा फलफूल विषादी परीक्षण नगरी नभित्र्याउन अन्तरिम आदेश दिएको हाे । न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले दुई दिनको बहस पछि साे आदेश दिएकाे हाे ।
भारतीय दूतावासकाे दबावमा भारतबाट आउने तरकारीजन्य वस्तुकाे विषादी परीक्षण गरेर मात्र भित्र्याउने आफ्नै निर्णयबाट सरकार पछि हटेपछि सरकारविरुद्ध सर्वाेच्चमा रिट दायर गरिएकाे थियाे । स्वतन्त्र राष्ट्रिय अभियान नेपालको तर्फबाट भद्रप्रसाद नेपाल (स्वागत नेपाल) र नारायण प्रसाद दुवाडीले, स्वतन्त्र रुपमा अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र उपभोक्ता मञ्चको तर्फबाट अधिवक्ता कुमारी खरेलसमेतले साे रिट दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाई गर्दै दिएको अन्तरिम आदेश निरन्तर कायम राख्न सर्वोच्च अदालतले म‌ंगलबार पुनः आदेश दिएको हाे । विषादिविरुद्ध परेका तीनवटा रिटमध्ये भद्रप्रसाद नेपाल (स्वागत नेपाल) र नारायणप्रसाद दुवाडी रहेको पहिलो रिटमा मंगलबार रिट निवेदक भद्रप्रसाद नेपाल र नारायण प्रसाद दुवाडीको तर्फबाट अधिवक्ता दुवाडी र नेपालका साथै विकास भट्टराई, विष्णु तिवारी, शुभराज शिल्पकार, चन्दा चौलागाई, तुलसा शर्मा, रवीन्द्र तामांग समेतले बहस गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु