विषादीयुक्त खाद्य सामग्रीहरु नभित्र्याउन र बिक्रीवितरण नगर्न आग्रह

२०७६ असार २४ गते, मंगलवार

काठमाडौं, २४ असार । नेपाल कम्युनिस्ट पार्टीले जनताको स्वास्थ्यमा गम्भीर खेलबाड हुनेगरी विषादीयुक्त फलफुल तथा तरकारी जन्य खाद्य सामग्रीहरु नभित्र्याउन र बिक्रीवितरण नगर्न आग्रह गर्दै यसको वेवास्था गरी अटेर गर्दै जबर्जस्ती विषादीयुक्त फलफुल,तरकारी लगायतका कुनैपनि खाद्य सामग्री भित्र्याउने तथा बिक्रीवितरण गरेको पाइएमा कडा भन्दा कडा कारबाही साथै प्रतिवाद गर्ने र त्यसबाट उत्पन्न परिणामको जिम्मेवार सम्बन्धित पक्ष नै हुने चेतावनी दिएको छ । सो पार्टीका सुनसरी इन्चार्ज विश्वासले आज एक विज्ञाप्ति जारी गर्दै सो चेतावनी दिएका हुन् ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टी झापाका इन्चार्ज बिश्वास ले जारी गरेको प्रेस विज्ञाप्ति यस प्रकार रहेको छ – “आम नेपाली जनताको स्वास्थ्य माथि प्रत्यक्ष गम्भीर खेलबाड गर्ने गरी भारतीय बिषादी मिसाईएको प्रयोग गर्नै नमिल्ने अखाध्य फलफुल, तरकारी भन्सार चेकजाँच नगरीकनै आयात गर्ने कथित केपी–वादल गृहप्रशासनको पछिल्लो कदमप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । भारतीय दूतावास र भारतीय निर्यातकर्ता व्यापारीहरुको तीब्र दबाबसामु झुक्दै आवश्यक पूर्वाधार र जनशक्ति अभावको नाममा सरकारको भन्सार विन्दुमा भारत लगायत तेस्रो मुलुकबाट आयात हुने ‘तरकारी र फलफूलको क्वारेन्टाइन र जीवनाशक बिषादीको अवशेष परीक्षण अनिवार्य रुपमा गर्ने’ निर्णयबाट पछि हट्ने जनविरोधी निर्णयको हाम्रो जिल्ला पार्टी कडा शब्दमा घोर निन्दा तथा भत्र्सना गर्दछ।
साथै डब्लुटिओ र एफएओको विषादीयुक्त वस्तुको व्यापार गर्न नपाउने अन्तर्रा्ष्ट्रिय प्रचलन र मान्यताविपरित सरकारले जुन निर्णय गरेको छ, त्यो सरासर अपरिपक्व, गलत, असमान र जनस्वास्थ विपरित छ। यसले भारतीय विस्तारवादका सामु वर्तमान केपी–पीके सरकारको तावेदारीवादलाई उदाङ्गो पारेको छ। मानव स्वास्थ्यलाई गम्भीर असर र्पुयाउने क्याफिनयुक्त पेय पदार्थ र ’फ्लेवर सिन्थेटिक ड्रिंक्स जुस’तथा विषादीयुक्त तरकारी,फलफुल लगायतका खाद्य पदार्थ बिना चेकजाँच भित्र्याउने आदेशको विरुद्ध जनस्तरबाटै विरोधमा उत्रन समेत नेपाली कृषक दाजुभाई, दिदिबहिनी तथा आम नागरिकलाई सुनसरी जिल्ला पार्टी अपिल गर्दछ ।
साथै सम्पूर्ण व्यवसायी मित्रहरूमा कुनैपनि बहानामा जनताको स्वास्थ्यमा गम्भीर खेलबाड हुनेगरी विषादीयुक्त फलफुल तथा तरकारी जन्य खाद्य सामग्रीहरु नभित्र्याउन र बिक्रीवितरण नगर्न आग्रह गरिन्छ। र जिल्लामा यो सूचनाको वेवास्था गरी अटेर गर्दै जबर्जस्ती विषादीयुक्त फलफुल,तरकारी लगायतका कुनैपनि खाद्य सामग्री भित्र्याउने तथा बिक्रीवितरण गरेको पाइएमा कडा भन्दा कडा कारबाही साथै प्रतिवाद गर्ने र त्यसबाट उत्पन्न परिणामको जिम्मेवार सम्बन्धित पक्ष नै हुने पनि यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ । ”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु