‘विश्व पर्यटन दिवस’ मनाइँदै

२०७३ आश्विन ११ गते, मंगलवार

काठमाडौँ, ११ असोज । आज विश्व पर्यटन दिवस , ‘सबैका लागि पर्यटन’ भन्ने नाराका साथ विश्वभर मनाइँदैछ । अघिल्लो वर्ष भूकम्प र नाकाबन्दीको मार व्यहोरेको नेपालको पर्यटन क्षेत्रका लागि यो दिवस गुमेको साख फर्काउन राम्रो अवसर बन्न सक्ने सम्बद्ध पर्यटन व्यवसायीहरूको भनाइ छ । अघिल्लो वर्ष विषम अवस्था व्यहोरेको यस क्षेत्रले त्यसयता आफ्नो लय पहिल्याउने प्रयत्न गर्दैछ ।
अघिल्लो वर्षको तुलनामा टे«किङ, हिमाल आरोहण तथा अन्य पर्यटकीय गतिविधिमा बढेको पर्यटकको संलग्नताले पर्यटन क्षेत्र बिस्तारै उकालो लाग्दै गएको सङ्केत देखिन थालेको छ । सन् २०१६ को पहिलो छ महिनाको तथ्याङ्कअनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा पर्यटक आगमन सङ्ख्या १६ प्रतिशतले बढ्नु यसको बलियो प्रमाण हो ।
यस वर्षको पहिलो सिजनमा मात्रै चार सय जनाले हिमाल आरोहण गरिसकेका छन् । त्यसो त आठ लाखबाट अघिल्लो वर्ष पाँच लाखमा खुम्चेको पर्यटक आगमन सङ्ख्या एक लाभन्दा बढी सङ्ख्याले वृद्धि हुने प्रारम्भिक अनुमान छ । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सरकारले घुमफिर वर्ष घोषणा गरेर पर्यटकीय क्षेत्रलाई चलायमान बनाउन गरेको प्रयासले पनि सकारात्मक नतिजा पाउन थालेको संस्कृृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्याय बताउछन ।

प्रतिक्रियाहरु