विश्वव्यापी कोरोनाको हाहाकार – विष्णु पन्त

२०७६ चैत्र ९ गते, आईतवार


१. चीनमा कोरोना फैलि“दा खुसियाली मनाउनेहरु –
एउटा न्यूनतम पनि मानवीय धर्म के हो भने अरुले भोगेको विपद्, महामारी र क्षतिप्रति समवेदना र सहानुभूति जनाउँदै सहयोग गर्ने । तर एउटा दुर्भाग्यको तितो दृश्य हामीले प्रत्यक्ष अनुभव ग¥र्यौं कि चीनको बुहानबाट शुरु भएको कोरोना आतंकको भयावहलाई सामना गर्दै गर्दा कतिपय पश्चिमा शासकहरुले खुसियाली मनाए । चीन विरोधी पश्चिमा शासकहरु चीनमा भएको लकडाउनबाट आत्मरती लिँदै खिसी–टिउरी र आलोचना गर्दै थिए । दुई दिन अघिसम्म पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खिसी–टिउरी गर्दै भनेका थिए–चिनियाँ भाइरस । अहिले आएर कोरोना भाइरस चीनमा नियन्त्रणमा आइसकेको छ र त्यसको तबाही वा उपद्र युरोप र अमेरिकी देशभित्र मच्चिन शुरु गरेको छ । युरोप र अमेरिकामा कोरोना भाइरसको संक्रमण भयावह रुपमा देखिँदै गएको छ । शायद आज आएर कोरोना भाइरस विश्वव्यापी र साझा मानवीय समस्या बनेको छ । सुरुमा पश्चिमा पुँजीवादी शासकहरुले चीनमा फैलिँदै गरेको कोरोना नरसंहारप्रति किन खुसियाली मनाए भने चीन एउटा कम्युनिष्ट वा समाजवादी देश थियो र चीनको उदाउँदो अर्थतन्त्रका अगाडि पुँजीवाद विस्तारै पराजीत बन्दै थियो । प्रारम्भमा कोरोना चीनको मात्र शत्रु हो भन्ने भ्रम पालियो ।
हालै प्रकाशित एक तथ्यांकअनुसार चीनमा मात्र ३२३७ जनाको मृत्यु र ८०८८४ जनामा संक्रमण भएको छ । आज आएर १८० भन्दा बढी देशमा कोरोनाको संक्रमण फैलिएको छ र यो बढ्दो क्रममा छ । सुरुमा कोरोनाको केन्द्र चीन थियो भने अहिले आएर त्यसको केन्द्र युरोप र अमेरिका बनेको छ । चीनपछि इटाली, इरान, स्पेन, जर्मनी, दक्षिण कोरिया, फ्रान्स, अमेरिकालगायतका देशमा कोरोना डढेलो झैं सल्किएको छ । कोरोना भाइरस (कोभिड १९) को महामारी विश्भर फैलिरहेको बेला संयुक्त राज्य अमेरिकामा यसको संक्रमण तीब्र बन्दै गइरहेको देखिन्छ । बुधबार न्यूर्योक टाइम्समा प्रकाशित समाचारका अनुसार अमेरिकाका ५० वटै राज्यमा कोरोनाको संक्रमण फैलिइसकेको छ र करिब १५० जनाको मृत्यु भइसकेको छ । विश्लेषकका अनुसार पछिल्लो समय अमेरिकामा देखिएको कोरोना संक्रमणको दर हेर्दा आउँदा दिनमा यो झनै भयावह हुने सम्भावना उच्च बनेको छ । केही बेलायती अनुसन्धानकर्ताहरुको भनाइमा अमेरिकाले कोरोना भाइरसविरुद्ध सशक्त अभियान नचलाए २२ लाखसम्म नागरिकको मृत्यु हनुसक्ने चेतावनी दिएको छ ।
२. कोरोराविरुद्ध चीनको लडाईँ नै उदाहरणीय र शाहसीक छ– आज कोरोना भाइरसविरुद्ध चीनको साहसिक लडाईंलाई पूरा विश्वले प्रशंसा गरेको छ । चीनको सरकार र त्यहाँको कम्युनिष्ट पार्टीले आमजनतासँग कसरी सहकार्य गर्दोरहेछ भनेर संसारलाई देखाइदिएको छ । कोरोना पीडित अस्पताल र शहरमा राष्ट्रपतिको प्रत्यक्ष अवलोकन र भेटघाटका दृश्यहरु मन छुने खालका छन् । पुरै राष्ट्र नै लकडाउन गरेर पनि कसरी त्यहाँ सप्लाई र डेलिभरीलाई चुस्त बनाइयो भन्ने कुरा उदाहरणीय छ । शुरुमा सम्पूर्ण देशलाई नै लकडाउनमा लैजाँदा आलोचना गर्ने पश्चिमा मानवअधिकारवादीहरु आज आफैं त्यसको शिकार हुँदा भने मौन बस्न बाध्य भएका छन् । आज विश्व स्वास्थ्य संगठनले नै प्रकोपलाई महामारीको रुपमा चित्रित गरिसकेको छ । आज चीनमा नियन्त्रण आईसकेको कोरोना युरोप र अमेरिकामा वितण्डा मच्चाईरहको छ । जसले कोरोनालाई बुझेका छन् र त्यसको संक्रमणलाई रोक्न संवेदशील बनेर लागिपरेका छन्, तिनीहरुका लागि चिनियाँ सर्वोत्तम र अपरिहार्य विकल्प बनेको छ । कोरोना रोकथामका विरुद्ध काम गर्ने चिनियाँ डाक्टर, नर्स र सम्पूर्ण स्वास्थ्यकर्मीले देखाएको उच्च लगाब संसारकै लागि उदाहरणीय छ । कति स्वास्थ्यकर्मी र डाक्टरहरुले बिरामीहरुको उपचार गर्दागर्दै संक्रमणबाट गुज्रिएर मृत्युवरण गरेका छन्, जुन आज विश्वका लागि उदाहरणीय र अनौठो घटना बनेको छ ।
३. कोरोनाकोे शुरुवात अमेरीका वा युरोपमा भएको भए- कतिपय विश्लेषकहरुले भनेका छन्, यदि कोरोनाको शुरुवात चीनमा नभएर न्युयोर्क वा युरोपमा भएको के हुन्थ्यो होला ? के हामी कल्पना गर्न सक्छौं ? चीनले धेरै ठूलो लडाईं लड्यो, सरकार सेना कम्युनिष्ट पार्टी, स्वास्थ्यकर्मी सबैको अद्भूत एकता र गतिशील परिचालनबाट मात्र रोग नियन्त्रण र रोकथाम भएको छ । रोग नियन्त्रण पछाडि सरकारको बोल्ड डिसीजन लकडाउन र रोगका विरुद्ध आमशान्ति परिचालन । चीनमा नियन्त्रणमा आइसकेको कोरोनाको महामारीले आज विश्वका १८० भन्दा बढी देशमा आतंक मच्चाइरहेको छ । त्यसकारण आजको विश्वले चीनबाट सिक्नुपर्छ कि चिनियाँ सरकार र जनताको सम्बन्ध कति निकट र विश्वसनीय छ भनेर । सरकार जनतामा आएको समस्याप्रति कति संवेदनशील र उत्तरदायी छ भनेर उसले सम्पूर्ण विश्वलाई देखाउन सफल भएको छ । सायद यस्तो लाग्छ, कोरोनाले हजारौं चिनियाँ नागरिकको मृत्यु त भयो, यो ज्यादै दुःखद् छ, तर यसले चिनियाँ सरकार टेस्टेड हुने अवसर पाएको छ । पूरै वुहान शहर लकडाउनमा रहँदा पनि सरकारले नागरिकलाई घरघरमा डेलिभरी व्यवस्था ग¥यो । रातारात ठूला–ठूला अस्पताल निर्माण गरिए । डाक्टर र नर्सहरुलाई चौबिसै घण्टा सेवामा परिचालित गराइयो । त्यति मात्र होइन रोग नियन्त्रणपछि स्वास्थ्यकर्मीहरुलाई राष्ट्रिय सम्मान गरियो । हामीले देख्यौं चीनका राष्ट्रपति सि जिनपिङ र सरकारी उच्च अधिकारीहरु आफैँ अस्पतालमा पुगेर बिरामीहरुका गुनासो सुने । राष्ट्रपति र प्रधानमन्त्री आफैँ फिल्डमा पुगेर सरकारी सेवाको निगरानी गरिरहे । वास्तवमा रोगको रोकथामलाई नियन्त्रण गर्नका लागि अपनाउनुपर्ने सबै कठोर कदमहरु चाल्न चीन सरकार दृढ बन्यो । उसले नागरिकका सम्भावित क्षणिक आलोचना र असन्तुष्टिको पनि एकरत्ति प्रवाह गरेन् । पश्चिमा विश्लेषकहरुले अपरिपक्व आलोचना गर्दै भने पनि मानवअधिकारको हनन भयो र मनोवैज्ञानिक त्रास फैलाइयो । तर अन्त्यमा चीनका विरुद्ध गरिएका सबै आलोचनाहरु अवास्तविक प्रमाणित भए ।
४. विवव्यापी लकडाउनको अवस्था- आज कोरोनाको महामारीले गर्दा सम्पूर्ण विश्व लकडाउन जत्तिकै बनेको छ । आज विश्वभर नै अधिकांश हवाई उडानहरु बन्द भएका छन् । मान्छेहरु चाहेर पनि घर फर्किन वा एकठाउँबाट अर्को ठाउँमा जान नसक्ने भएका छन् । गएकाहरु पनि सम्बन्धित देशका एयरपोर्टहरुबाट फर्किनुपर्ने अवस्था छ । विश्वभर नै मनोवैज्ञानिक अवस्था डरलाग्दो बनेको छ । मानिसहरुमा कोरोनाको भय, त्रास र आतंक छ । आज कोरोना फोविया धेरै बढेको छ । हुनपनि खासगरी वृद्धवृद्धा, दिर्घरोगी र बालबच्चाहरुलाई यसले यमराजकै रुपमा काम गरेको छ । रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरु संक्रमण हुनासाथ मनपर्ने जस्तो रहेछ । यो त्रासदी र आतंकको मुख्य कारण हो यसको औषधी छैन् । केवल यसको नियन्त्रण हुने तर औषधी नहुने भएकाले पनि स्वास्थ्य विज्ञानमै ठूलो संकट ल्याइदिएको छ । आज विश्वव्यापी रुपमा नै कोरोना भाइरसविरुद्धका औषधीहरु बनाउने अनुसन्धानहरु भएका छन् तर यसको अध्ययन र अनुसन्धानकै लागि केही महिना लाग्ने निश्चित छ ।
५. विश्वव्यापी आर्थिक मन्दीको खतरा– आज कोरोनाका कारण सम्पूर्ण विश्व तरङ्गित र आतंकित बनेको छ । विश्व बजारलाई नै प्रभावित गर्ने गरी कोरोनाको आतंक फैलिएको छ । सबै ठूला–ठूला उद्योग कलकारखानाहरु ठप्प भएका छन् । कोरोना भाइरसकै कारणले विश्वले आर्थिक मन्दीको सामना गर्नुपर्ने निश्चित भएको छ । विश्व बजारमै एउटा ठूलो संकट ल्याइदिएको छ । यो आर्थिक मन्दीको शिकार कुन–कुन देश हुनेछन्, त्यो अहिले नै भन्न सकिने अवस्था छैन् । यसबाट ठूला ठूला कम्पनीहरु केही डुब्ने र केही मौलाउने अवस्था आउने निश्चित छ । शायद थुप्रै कम्पनीहरु टाट पल्टिने, थुप्रै रोजगारी गुम्ने अवस्था आउन सक्छ ।
६. नेपालमा हाई एलर्ट – कोरोनाको सम्भावित संक्रमणबाट बच्नका लागि नेपालभरि उच्च सतर्कता अपनाइएका छन् । सरकारले थुप्रै निर्णयहरु गरेको छ । शैक्षिक संस्थाहरु बन्द भएका छन्, धेरै मान्छेहरुको मान्छेहरुको भीडभाडमा हुने सबै कार्यक्रमहरु बन्द गरिएका छन् । संक्रमित देशबाट हुने सबै उडानहरु बन्द गरिएका छन् र एयरपोर्ट वा सीमा क्षेत्रमा विशेष कडाई गरिएको छ । आजसम्म नेपालमा कोरोना संक्रमित भेटिएको छैन र त्यो सुखद पक्ष छ । तर यो संक्रमण कुनै पनि बेला महामारीको रुपमा नेपाल प्रवेश गर्न सक्छ भन्ने कुरामा सबै सजग र सतर्क रहनु पर्दछ । आज सरकार, नेपाली सेना, आइसोलेसन वार्डहरु बनाउन लागिपरेका समाचारहरु आइरहेका छन् । जनताले स्वस्पूmर्त रुपमा आफ्ना घरहरु आइसोलेसन वार्ड बनाउनका लागि दिने भनेर स्वघोषणा पनि गरेका छन् । तर जति नै हल्ला गरिए पनि हाम्रो जस्तो देशमा कोरोनाको महामारी फैलिए केवल भगवान भरोसा भनेजस्तै हुनेछ । हाम्रो तयारीहरु पुगेकै छैनन् । अस्पताल, आईसियू, आईसोलेसन वार्ड, स्वास्थ्यकर्मी र ल्याब सुविधाहरुको अभावमा हामीले त्यो सम्भावित महामारीलाई थेग्न सक्ने अवस्था नै छैन । त्यसका लागि सरकारले प्रशस्त तयारी गर्नुपर्ने थियो तर त्यो केही भएको छैन् । कम्तीमा ल्याब परीक्षणको पहुँच त पु¥याउनु प¥यो ।
७. कोरोना नियन्त्रणका लागि चिनिया सहयोग – चीन सरकारले भनेको छ, नेपालमा कोरोनाको सम्भावित महामारी रोक्न चीनले पूरै सहयोग गर्नेछ । सरकारले त्यस विषयमा समयमै पहल गर्नुपर्छ । निर्णय गर्न ढिला गर्नु हुँदैन । हामीलाई सबैभन्दा बढी आवश्यक छ ल्याब परीक्षणको सुविधा । हाम्रो विद्यमान अवस्थबाट दिनमा सयजनाको पनि परीक्षण गर्न सक्दैन भन्ने छ । यदि हजारौंको परीक्षण गर्नुपर्ने अवस्था आएमा के गर्ने ? अनि त्यो सुविधा देशका विभिन्न क्षेत्रमा पु¥याउन सकिने कि नसकिने ? त्यसपछि संक्रमितहरुको संख्या बढेमा कहाँ लगेर उपचार गर्ने भन्ने विषयमा ध्यान दिनु जरुरी छ । यसका लागि सबै शक्तिहरु लागि पर्नुपर्ने छ ।

प्रतिक्रियाहरु