विश्वविद्यालयमा हाम्रो दृष्टि – डा. भगवानचन्द्र ज्ञवाली

२०७४ मंसिर ८ गते, शुक्रबार

हाम्रा समाजमा खास वर्गका युवाहरूमा साहित्यप्रति एक प्रकारको क्रेज छ तर त्यो वर्ग सानो छ । त्यस्तो रुचि भएका युवाहरू साहित्यको गहन अध्ययन गर्ने मनमा अभिलाषा लिएर विश्वविद्यालयमा प्रवेश गर्छन् । प्रवेश नगर्दासम्मको उनीहरूको साहित्यिक क्रेज जब भरणा भएर पढ्न थाल्छन् तब क्रमशः शिथिल हुँदैजान्छ । स्नातकोत्तर सकेर अनुसन्धानतिर आँखा नै नलगाई केही पलायन हुन्छन् भने केही अनुसन्धानतिर अग्रसर हुन्छन् । प्रवेश नगर्दै केही प्रक्रियामा थाक्नथाल्छन् र शोधपत्र दर्ता गराएर भाग्छन् भने केहीले वितृष्णा प्राप्त गर्दै निकै तीतो अनुभव पोख्नथाल्छन् । केहीले अध्ययन र अनुसन्धानका सन्दर्भमा सामग्री सङ्कलन गरेर पनि सही मार्गदर्शनका अभावमा त्यो बाटो छोडेर रोजगारीका खोजीमा विदेशतिर पलायन हुन्छन् । विश्वविद्यालयमा साहित्य शिक्षाको क्षेत्र एकदमै उपपेक्षित बन्दै गएको छ । केहीले आरम्भ गरेर शोधको सीमा उल्लङ्घन गर्दै आफ्नो शोधकार्य पूरा गर्छन् र पुनः परिमार्जन गर्न नसकेर त्यसै थन्किएर बसेका उदाहरण पनि छन् । केही शिक्षकहरू अध्ययन बिदा लिएर पनि त्यसतर्फ नलागेर व्यावसायिक क्षृेत्रतिर अल्मलिंदै छात्रवृत्तिको रकम समेत फिर्ता गर्नु पर्ने अवस्थामा पुगेका देखिन्छन् भने केहीले त्यस्तो पैसा समेत पचाएर डिभी वा पिआरमा विदेश गएर बसेका छन् ।विश्वविद्यालयमा यस प्रकारको विसङ्गति लाजमर्दाे कुरा हो । त्यति मात्र हैन सरकारले उच्चशिक्षामा गरेको लगानी एकातिर त्यसरी खेर गइरहेको छ भने अर्कातिर कतै पहुँच नभएका र आफ्नो क्षमता नभएका निमुखा सिदासादा जनताका सन्तान क्षमतावान् भएर पनि लगानीका अभावमा माध्यमिक शिक्षासमेत पाउन नसकेर निरक्षर बनी जीवनलाई बोझका रूपमा लिंदै असफलताका गर्तमा धकेलिंदै छन् । यस्तो किसिमको भेदभावपूर्ण ।
शिक्षा देशका दीर्घकालीन लगानी हो । त्यसबाट सद्य र प्रत्यक्ष फल प्राप्तिको अपेक्षा अविवेकपूर्ण हुन्छ । शिक्षा र बनमा सय वर्षका लागि लगानी गर भन्ने चिनियाँ उखान हाम्रा शासकीय ओहदामा बस्ने व्यक्ति वा नेताहरूले नसुनेको÷नपढेको वा बुझ पचाएको वा कुनै दुर्विचारले प्रेरित भएर शिक्षाको उपेक्षा गरेको देखिन्छ । मुलुकमा शिक्षाका क्षेत्रमा भएको भद्रगोलको अवस्था, लापर्वाही, भेदभाव र विवेकशून्यताले देशको भविष्य कुन दिशातिर डोरिने हो बौद्धिक जमातमा चिन्ताको विषय बनेको छ ।युवाहरूमा देखिने साहित्यिक क्रेज निश्चित मागएर्दन र सुसङ्गतिका अभावमा अधुरो, अपुरो, असंश्लिष्ट र धर्मराएको देखिन्छ । विश्वविद्यालयका प्रमाणपत्रहरू निर्भीक बिक्री वितरण भइरहेका छन् । विद्यावारिधि तहका समेत प्रमाणपत्र र सेवाआयोगका नियुक्ति पत्रहरू खुलेआम व्यपारका विषयवस्तु बनिरहेका छन् । यसले भावी मुलुकको भविष्य अन्धकारतिर धकेलिने सम्भावना टड्कारो बनेको छ ।
त्रि.वि.विको पाठ्यक्रम लगेर आफ्नो शैक्षिक क्रियाकलाप सञ्चालन गरिरहेका देशका अरु नयाँ विश्वविद्यालयका त कुरा छाडौं जो सम्बन्धनका काण्न्टर जस्ता बनिरहकेका छन् त्रि. वि. वि.मै पनि यति विसङ्गति बढेको छ कि एम ए को सेमेस्टर सिस्टमको पाठ्यक्रम विभाजन लाजलाग्दो छ । कीर्तिपुरमा एकप्रकारको शिक्षा छ अन्यत्र अर्काे प्रकारको । एकैचोटि एउटै तह र विषयमा विश्वविद्यालयले दुई प्रकारका प्रमाणपत्र वितरण गरिरहेको छ । वार्षिक पाठ्यक्रमलाई आधाआधधा गरेर कुनै परिमार्जन बिना सेमेस्टरको पाठ्यक्रम तयार गरी लागू गरिएको छ । उही पाठ्यक्रम, शिक्षणको उही शैली, उनै शैक्षणिक सामग्री र शिक्षकहरूको आलसी मनोवृत्ति भएपछि फेरि किन दुई प्रकारका भिन्न प्रमाण पत्र वितरण गर्ने नाटक गरियो ?
त्रि.वि. सेवा आयोगको ०७२÷०७३ उपप्राध्यापकको पदपूर्ति प्रक्रिया अझ लाजले मुख ढाक्नु पर्ने देखिएको छ । विशेष आन्तरिक विज्ञापनका लागि सेवा आयोगले लिएको लिखित परीक्षाका उत्तरपुस्तिकाहरूका परीक्षण +२ का उत्तरपुस्तिकको जाँच भन्दा पनि लाजमर्दाै देखिन्छ त्यसमा न कुनै गोप्यता न कुनै मर्यादा । लिखित परीक्षाको नतिजा प्रकाशन तथा मौखिक परीक्षामा समेत नातावाद, कृपावाद, अर्थवाद र प्रभाववादको नाङ्गो रूप देखिन्छ त्यसबारे पत्रपत्रिकाका मुखपृष्ठमा समाचार लेखिंदासमेत आयोग प्रमेख, उपकुलपति र कुलपतिसमेत कानमा तेल हालेर निदाएका बहाना गरिरहेका छन् । देशका सुदूर भविष्यप्रति देशका नेतृत्व तहमा बस्नेहरू नै चिन्तित र जिम्मेवार देखिंदैनन् । चेतनाको भ्रष्टीकरणले साम्राज्यवादको उर्लंदो भेलमा पनि मुक्त र अद्यावधि स्वतन्त्र रहनसकेको मुलुक भविष्यमा पराधीनताका जञ्जीरमा जकडिने डरलाग्दो आशङ्का बौद्धिक समुदायमा जन्मिएको छ ।
उच्चशिक्षाको यस्तो दुरवस्थामा विश्वविद्यालयका पदाधिकारी मात्र जिम्मेवार छन् भन्ने होइन । यसमा शिक्षक, कर्मचारी, विद्यार्थी र नेताहरू पनि जिम्मेवार छन् । यसरी हेर्दा देशलाई पराधीनतातिर धकेल्ने वर्गका भनेको अरु कोही होइनन् बुद्धिजीवी, कर्मचारी, नेताहरू नै हुन् । अब यसमा द्विविधा मान्नु पर्ने कुनै कारण छैन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु