विश्वकै सबैभन्दा महंगो स्मार्टफोन सार्वजनिक

२०७३ असार ९ गते, बिहीबार

काठमाडौँ, ९ असार । इजरायलको सिरिन ल्याब्स नामक कम्पनीले लन्डनमा विश्व कै सबैभन्दा महंगो स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले यो स्मार्टफोनको मूल्य १६ हजार डलर राखेको छ । यसको नेपाली मूल्य करिब १७ लाख रुपैयाँ पर्न आउँछ। जसलाई विश्वकै सबैभन्दा महंगो मोबाइल फोनका रुपमा कम्पनीले दाबी गरेको छ। यो स्मार्टफोनबाट गरिएका सबै फोनकलहरु सुरक्षित रहने कम्पनीले दाबी गरेको छ । यो फोनमा२५६ बिटको चिप टू-चिप एन्क्रिप्टेड अर्थात सेक्युर्ड प्रोसेसिङ गरिएको छ।
५.१ ललीपप वेस्ट कस्टम अपरेटिङ सिष्टममा चल्नेगरी बनाइएको यो स्मार्टफोनमा ८१० क्वालकम स्न्यापड्र्यागन प्रोसेसर राखिएको छ। यसका साथै २३.८ मेगापिक्सेलको रियर क्यामरा जडान गरिएको छ। यसबाहेक ५.५ इन्चको २ को रेजुलुशन भएको आइपीएस स्क्रिन उपलब्ध छ।
यसको ब्याट्री ४ हजार एमएएच रहेको छ ।४ जीबी र्‍याम र १२८ जीबीको इन्टरनल मेमोरी यसमा राखिएको छ।
यसमा एउटा सिम कार्ड मात्रै लाग्नेगरी बनाइएको छ यो फोनमा तीनवटा शक्तिशाली स्पिकर लगाइएको छ। यसको पावर बटनमा फिङ्गरप्रिन्ट स्क्यान राखिएको छ। अधिक मूल्य भएका कारण यो स्मार्टफोनलाई रोयल्स रोयस समेत भनिएको छ। यसको पछाडिको भागमा फिजिकल सेक्युरिटी स्विच बटन राखिएको छ जसलाई क्लिक गर्ने बित्तिकै साईबर सेक्युरिटी मोड सक्रिय हुनेछ।
यो मोड विशेषगरी एन्क्रिप्टेड कल गर्न र म्यासेज गर्नको लागि बनाइएको हो। – एजेन्सी

प्रतिक्रियाहरु