विश्वकै बस्नलायक शहरको सूचीमा भियना पहिलो

२०७५ श्रावण २९ गते, मंगलवार

काठमाडौं, २९ साउन । ग्लोवल सर्भेको सूचीमा विश्वकै सबैभन्दा बस्न लायक शहरमा अस्ट्रियाको राजधानी भियना परेको छ । इकोनोमिष्ट इन्टेलिजेन्स यूनिटले तयार पारेको ग्लोवल सर्भेको सूचीमा भियनाले अष्ट्रेलियाको मेलवर्नलाई पछि पारेको हो । राजनीतिक र सामाजिक स्थायित्व, अपराध, शिक्षा, स्वास्थ्यमा पहुंच जस्ता पक्षलाई आधार मानेर विश्वका १ सय ४० शहरलाई सूचीकृत गरिएको हो ।
सूचीको १० औं स्थान भित्र अष्ट्रेलियाका तीन शहर पर्दा, तेस्रो र सातौं स्थानमा जापानका दुई शहर ओसाका र टोकियो परेका छन् । क्यानडाका दुई शहर भ्यानकुभर र टोरन्टो छैटौं र आठौं स्थान भित्र समेटिएका छन् । सूचीको अन्तिममा भने गृहयुद्धको चपेटामा परेको सिरियाको राजधानी दमास्कस परेको छ । दमास्कसलाई बंगलादेशको राजधानी ढाका, नाइजेरियाको लागोस, पाकिस्तानको कराँची शहरले पछ्याइरहेका छन् ।-एजेन्सी

प्रतिक्रियाहरु