विश्वकै अग्लो बुद्धको मुर्ति स्थापना गर्ने तयारी

२०७४ पुष २ गते, आईतवार

काठमाडौं, २ पुस । दमकमा विश्वकै अग्लो बुद्धको मुर्ति स्थापना गर्ने तयारी अघि बढेको छ । यसका लागि कागजी काम भइरहेको दमक नगरपालिकाले जनाएको छ । दमक–३ मा पाँच सय ४२ फिट अग्लो मुर्ति राख्नका लागि विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार भइसकेको नगरपालिकाले जनाएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद बैठकले दमकमा औद्योगिक पार्क र बुद्धको मुर्ति राख्ने निर्णय गरेको थियो । कार्यकारी अधिकृत युवराज दाहालले मुर्ति बनाउनका लागि अहिले जग्गा अधिग्रहणमा केही समस्या देखिएको बताए । उनले प्रदेश र संघीय संसद बनेपछि बन मन्त्रालयको जग्गा अधिग्रह्ण गरेर निर्माणको काम अघि बढाइने बताए ।
१५ अर्ब ७५ करोडको लागतमा दुई सय ५६ विगाहमा बन्ने भनिएको बुद्धको पूर्ण कदको मुर्तिका लागि २५ विगाहबाहेक अन्य जग्गा अधिग्रहण गर्न बाँकी छ ।
मुर्ति स्थापनाका लागि चीन, ताइवान र कोरियाले चासो देखाएको उनको भनाइ छ । – अन्नपूर्णपोष्ट दैनिकबाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार