विश्वका मुख्य आरोहणबारे अनुभव समेटिएको पुस्तक ‘एभेरेष्ट’ र्सार्वजनिकविश्वका मुख्य आरोहणबारे अनुभव समेटिएको पुस्तक ‘एभेरेष्ट’ र्सार्वजनिक

२०७१ जेष्ठ १० गते, शनिबार


काठमाडौँ । एपोपेया संस्थाको आयोजनामा विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत विश्वका मुख्य समिट आरोहणबारे अनुभव समेटिएको एभेरेष्ट नामक पुस्तक राजधानी बोगोटा डिसीमा एक समारोहका बीच र्सार्वजनिक भएको छ । पुस्तकका लेखक कोलोम्बियाली नागरिक जुआन पाब्लो रुइज सन् २००१ र सन् २००७ मा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सफल भएका थिए । एपोपेया कोलोम्बिया संस्थाका संस्थापक सदस्यसमेत रहेका लेखक जुआन पाब्लोको नेतृत्वमा सन् २०१० मा कोलोम्बियन समूह लिएर सगरमाथा आरोहण गर्न गएका थिए । सन् २०१० मा जुआन पाब्लो ८१०० मिटरको उचाइमा पुगेर प्राबिधिक कारणले आरोहण गर्न नसकी सगरमाथा अन्तिम आधार सिविरबाट र्फकनु परेको अनुभव सुनाए । सन् २०१० मा शिखरमा पुग्न असफल रहे तापनि ग्रुपमा रहेका कोलोम्बियाली नागरिक नेल्सन कार्डनाले सफल आरोहण गरेका थिए । नेल्सन कार्डना शारीरिक रूपमा अपांग हुन् । लेखक जुआन पाब्लो रुइज अर्थशास्त्रमा स्नातकोत्तर हुन् भने वन तथा वातावरण विषयमा समेत विग्यता हासिल गरेका जुआन क्याटिन अमेरिकी मुलुकमा वातावरण विज्ञको रूपमा १२ वर्षविश्व बैंकको मातहतमा रहेर काम गरेका छन् । सन् १९९४ देखि यहाँको राष्ट्रिय दैनिक एल एसपेताडोरमा स्तम्भकारक/ रूपमा समेत रहेका छन् कार्यक्रमका प्रमुख आतिथि भूतपूव कोलोम्बियन वातावरण मन्त्री मानुएल रोद्रिगेज बेसेराले पुस्तक र्सार्वजनिक गर्दै पुस्तकबारे टिप्पणी गर्ने भएको थियो । अर्का विशिष्ठ अतिथि स्वीजरल्याण्ड नागरिक मोरिसले पुस्तक प्रकाशनको निम्ति बधाई दिँदै पुस्तकले भावी पिँढीको निम्ति अध्ययन गर्न कोसेढुंगा सावित हुने बताए । अन्त्यमा एभेरेस्ट पुस्तकका लेखक जुआन पाब्लो रुइजले आफ्नो जीवनकालमा दुइ पटक सर्वोच्च सिखर सगरमाथा आरोहन गर्न सफल भएकोमा सम्पर्ूण्ाता धन्यवाद दिँदै नेपालको प्राकृतिक मनोरम दृश्यले सधैँ आफूलाई मोहित बनाइरहेको उल्लेख गर्दै नेपालीहरूको स्वागत सत्कार कहिले पनि भुल्न नसकिने बताए । सगरमाथा आरोहणका क्रममा हिमाली भेगका शर्ेपा साथीहरूलाई कहिले भुल्न नसकिने र विगतमा सहयोग पुर्याउनु हुने दोर्जी ग्यान्त्री शर्ेपा हिम पहिरोमा परी देहबासन भएको खबरले मलगायत सम्पूण् एपोपेया टिम स्तब्ध रहेको सुनाउँदै, मृतकको आत्माको चिरशान्तिको कामना गर । नेपाल र कोलोम्बियाबीच धेरै कुरा मिल्दोजुल्दो लाग्ने, नेपाली खान दाल भातको प्रशंसा गर्दै आगामी भविष्यमा नेपाल र कोलोम्बियाबीचको मित्रतालाई अझ बढी प्रगाढ बनाउन आफूले सक्दो कोसिस गर्ने बताए । कार्यक्रममा एक मात्र नेपाली छत्रबहादुर मैनाली र उहाँको पत्नी मारिया एममा मैनालीको उपस्थितिले कार्यक्रमको शोभा बढेकोमा मञ्चबाटै धन्यवाद दिए । पुस्तकमा सगरमाथा सन् १९९७ देखि सन् २०१० लगायत देनाली -अलाक्का २०१२) भिन्सन -अष्टारटिका २०१३) सम्मको आरोहन अनुभव समेटेर त्यहाँको भौगोलिक, सामाजिक, आर्थिक अवस्थालगायत उल्लेख गरेका छन् ।

प्रतिक्रियाहरु