विशेष उल्लासका साथ गौरा पर्व मनाइँदै

२०७३ भाद्र ९ गते, बिहीबार

काठमाडौ, ९ भदौ । सुदूरपश्चिमेलीको प्रमुख चाडका रुपमा रहेको गौरा पर्व आज विशेष उल्लासका साथ मनाइँदैछ । भाद्र कृष्ण पञ्चमीका दिनदेखि आरम्भ हुने गौरा पर्व आज विशेष उत्सवका रुपमा मनाउन लागिएको हो । पहिलो दिन पञ्चमीका दिन घर–घरमा महिलाले तामाका भाँडामा बिरुडा अर्थात पाँच प्रकारको अन्न भिजाएर पर्वको थालनी गर्ने गरिन्छ । यो पर्वमा महेश्वरसहित दुबोको पूजा गरिन्छ ।
आज दुबोको पूजा गर्नाले दुबो जसरी सन्ताल फैलिन्छन् भन्ने जनविश्वास रहिआएको छ । सुदूरपश्चिमवासी देउडा गीत गाएर नृत्य गरी रमाइलोसमेत गर्ने गरिन्छ । गौरा पर्वको अवसरमा सुदूरपश्चिमवासी काठमाण्डुको टुँडिखेलमा देउडा गीत र नृत्य प्रस्तुत गर्दैछन् ।
कार्यक्रममा कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले उपाध्यक्ष भीम रावल पनि सहभागि हुनेछन् । सुदुरपश्चिमका दार्चुला, बैतडी, डडेल्धुरा, डोटीका बासिन्दाले दशैं भन्दा पनि बढी महत्वका साथ मनाउने गौराको आगमनले यतिबेला सुदूरपश्चिममा चहलपहल बढाएको छ ।

प्रतिक्रियाहरु