विवेकशील साझा पार्टी जन्मदै

२०७४ श्रावण ११ गते, बुधबार

काठमाण्डौ ,११ साउन । विवेकशील नेपाली र साझा पार्टीबीच आज एकिकरण हुदैँ छ । स्थानीय तह निर्वाचनमा वैकल्पिक शक्तिका रुपमा उदाएका यी दुई पार्टीबीच आज दिउँसो २ बजे दुई पार्टीबीच एकताको घोषणा गर्ने विवेकशील पार्टीका प्रवत्ता रमेश पौडेलले जानकारी दिए । बानेश्वरस्थित एक पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरी पार्टी एकताबारे जानकारी दिईने उनले बताए । एकिकरण पछि पार्टीको नाम “ विवेकशील साझा पार्टी ” राखिने भएको छ । पार्टी सामुहिक नेतृत्वमा पार्टी सन्चालन हुनेछ ।
त्यसका लागी केन्द्रिय संयोजन समिति बनाउने र साझाका अध्यक्ष रविन्द्र मिश्र र विवेकशीलका अध्यक्ष उज्वल थापाको सामुहि नेतृत्वमा अघि बढ्ने सहमती भएको पनि पौडेलले जानकारी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु