विवाहपञ्चमी महोत्सव शुरु

२०७६ मंसिर १० गते, मंगलवार

काठमाडाैँ, १० मंसिर । विवाहपञ्चमी महोत्सव शुरु भएको छ । मिथिलाञ्चलको सबैभन्दा ठूलो सो उत्सव त्रेतायुगमा भगवान राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झनामा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन विवाहपञ्चमी महोत्सव मनाउने गरिएको छ । साताब्यापी विवाहपञ्चमी महोत्सवका लागि जानकी मन्दिर दुलही झैं सिंगारिएको छ । महोत्सवका लागि जानकी मन्दिरले १ सय ५१ सदस्यीय मूल समाहरोह समिति गठन गरेको छ ।
विवाहपञ्चमी महोत्सव आज नगर दर्शनबाट सुरु हुनेछ । दोस्रो दिन भोलि फूलवारी लिला, तेस्रो दिन धनुषा यज्ञ, चौँथो दिन तीलकोत्सव, पाँचौ दिन मटकोर, छैठो दिन स्वयम्बर एवं विवाह र सातौँ दिन राम कलेवा विधिसँगै महोत्सव सम्पन्न हुनेछ ।
विवाहपञ्चमी महोत्सवको सबैभन्दा ठूलो आकर्षण भारतको अयोध्याबाट आउने जन्तीलाई स्वागत गर्न विशेष तयारी गरिएको छ ।
भारतको सर्वोच्च अदालतले आलै अयोध्यामा राम मन्दिर निर्माणको पक्षमा फैसला सुनाएकोले यसपटक जनकपूर आउने श्रद्धालु भक्तजनको संख्या बढ्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार