विवादको भुमरीमा एमाओवादी

२०७० चैत्र २९ गते, शनिबार


काठमाडौँ । संविधानसभाको निर्वाचनमा लज्जाजनक हार व्यहोरेको एनेकपा माअेावादीभित्र आन्तरिक विवाद चुलिएको छ । पार्टी तीन शीष्नेता अध्यक्ष पुष्पकमल दाहाल, नेता बाबुराम भट्टर्राई र नारायणकाजी श्रेष्ठबीचको कसले पार्टीे नेतृत्व उछिट्याउने र पार्टीीत्र आफ्नो वर्चश्व बढाउने भन्ने विषयले उग्ररुप लिएको छ । पार्टीध्यक्ष पुष्पकमल दाहालले संविधानसभाको निर्वाचनमा लज्जाजनक हार व्यहोरेपछि नेकपा-माओवादीसँग एकता गर्ने बताएर केही समय नेता तथा कार्यकर्तालाई थामथुम पारे पनि अन्ततः यो उनको आफ्नो अध्यक्ष पद जोगाउने प्रपञ्च भएको पर्दाफास भएपछि नेता तथा कार्यकर्ता उनीविरुद्ध खनिन पुगेका हुन् । नेकपा-माओवादीले एमाअेावादीसँग अहिलेकै अवस्थामा कुनै हालतमा पार्टर्ीीकता सम्भव नभएको र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो स्वार्थका लागि पार्टर्ीीकीकरणको हौवा फिँजाएको प्रस्ट्याइदिएपछि एमाओवादीभित्र विवाद झनै चर्किएको बताइन्छ । एमाओवादीभित्रको विवादकै कारण नेता बाबुराम भट्टर्राईले नयाँ शक्ति जन्मने छ भनेर आफ्नो असन्तुष्टि र्सार्वजनिक गरी आफ्नो समूहलाई बलियो बनाउन थालिसकेका छन् भने अर्को नेता नारायणकाजी श्रेष्ठ पनि बाबुराम भट्टर्राईकै सिको गर्दै आफ्नो गुटलाई सशक्त बनाउन कम्मर कसेर लागेका छन् । यसरी अहिले एमाओवादीभित्र तीन गुटको घम्साघम्सी परिरहेको छ । यी तीन गुटको घम्साघम्सीले पार्टीीदनप्रतिदिन धराशयी बन्दै गएको छ । पार्टीीनरीह बनेको छ । जसको असर तत्काल अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा आएर छताछुल्ल भएको छ । शीष्नेताहरुको विवादका कारण एक साता चलेको अखिल क्रान्तिकारीको १९ औँ राष्ट्रिय सम्मेलन नेतृत्व चयन गर्न असफल भएको छ । एक हप्तासम्म चलेको अखिल क्रान्तिकारीको सम्मेलनले विवादको बाटो समाएपछि यसको असर नजिकिँदै गरेको एमाओवादीको राष्ट्रिय सम्मेलनमा समेत पर्ने देखिएपछी पार्टीीेडक्वाटरले नै अखिल क्रान्तिकारीको १९ औँ सम्मेलन असफल बनाइदिएको हो । अखिल क्रान्तिकारीका केही नेताहरुले पार्टीेडक्वाटरले नयाँ नेतृत्व चयन गर्न नसक्नुले अखिल क्रान्तिकारीको १९ औँ राष्ट्रिय सम्मेलन पूारुपमा असफल भएको भनेका छन् । अखिल क्रान्तिकारीका एक नेताले आफ्नो नाम नखुलाउने र्सतमा भने ‘कुरा रमेश मल्ल र जागृत रायमाझिको भन्दा पनि पार्टीेतृत्वको हो, पार्टीेतृत्वले सकेसम्म विद्यार्थी नेताहरुबीच सहमति होस् भनी चाहेको थियो । तर, पछि सहमति नभएपछि पुरानै नेतृत्वलाई हस्तान्तरण गर्नु झनै नराम्रो भयो । पार्टी तिनै विद्यार्थी नेताहरुलाई कन्भिन्स गर्न सक्थ्यो, किन गरेन – अचम्म लागिरहेको छ ।” ती नेताले भने यो सम्मेलन असफल भएपछि यसको धक्का पक्का पनि पार्टीी सम्मेलनमा पर्छ । शीष् नेताहरुको विवादका कारण एक साता चलेको विद्यार्थीको राष्ट्रिय सम्मेलन नेतृत्व चयन गर्न असफल बनेको थियो । नेतृत्व चयनमा सहमति हुन नसकेपछि पार्टर्ीी पटक-पटक सहमतिमा ल्याउन कोसिस पनि गरेको बताएको छ । तर, एक सातासम्म चलेको सम्मेलनमा सहमति नभएपछि विद्यार्थी नेताहरुबीच कर्ुर्सर्ीीानाहान समेत भयो अनि बुधबार निर्वाचनको टुंगो लागेको थियो । कर्ीर्तिपुरस्थित सम्मेलनस्थलमा विद्यार्थीहरु निर्वाचनको हुनुपर्ने र सहमतिमा जानुपर्ने भन्दै विभाजित बनेका थिए । तर, पछि निर्वाचन गर्ने कुरामा पनि विवाद बढेपछि विद्यार्थी नेतृत्व चयनका लागि पार्टीेडक्वाटरलाई जिम्मा दिइएको थियो । पार्टीेडक्वाटरले बिहीबार असारमा सांगठनिक सम्मेलन गर्ने निर्ण्र्ाागर्दै विद्यार्थी संगठनको निर्वाचन गर्दा त्यसको असर आगामी पार्टीे राष्ट्रिय सम्मेलमा पर्ने भन्दै हाल पुरानै समितिलाई निरन्तरता दिएको हो । नेतृत्व चयन हुन नसकेपछि प्रतिनिधिहरु निराश हुँदै र्फकेका छन् । विद्यार्थी संगठनमा तीब्र विवाद भएपछि एमाओवादीको केन्द्रिय पदाधिकारी बैठकले शर्माको नेतृत्वको केन्द्रिय समितिलाई निरन्तरता दिएको बताएको छ । संस्थापन पक्षका केही विद्यार्थी नेताहरुले नेता बाबुराम भट्टर्राई र नारायणकाजी श्रेष्ठ पक्षधर विद्यार्थीहरु निर्वाचनमा जान डराएको बताएका छन् । भट्टर्राई र श्रेष्ठ पक्षले भने सहमतिको सम्भावना हुँदाहुँदै जबरजस्ती निर्वाचनमा धकेल्न खोजेको दाबी गरेको छ । वास्तविक धरातलमा अखिल क्रान्तिकारीको पहिलो पटक हुन लागेको निर्वाचन भाँडिनुको कारण नै निर्वाचनको विषय हो । उता सम्मेलन असफल बनेपछि महासचिवका उम्मेदवार डीबी तामाङले नेतृत्वको निर्ण्रा’हुतिहारा’ भएको बताए । उनले भने-
‘नेतृत्व चयनका लागि सहमतिको खास प्रयास हुनुपर्नेमा त्यसो गरिएन । जबरजस्ती निर्वाचन गराउन मात्र खोजियो ।’ संस्थापन पक्ष जसरी पनि रमेश मल्ललाई अध्यक्ष बनाउन चाहन्थ्यो । तर, केन्द्रिय पदाधिकारी बैठकमा नेता नारायणकाजी श्रेष्ठले भने जागृत रायमाझीलाई नै अखिल क्रान्तिकारीको अध्यक्ष बनाउनु पर्ने अडान राख्दै आएका थिए । महासचिवमा संस्थापन पक्षले अनिल शर्मा र भट्टर्राई पक्षले डीबी तामाङलाई अघि सारेको थियो । यिनै दर्ुइ विषयले प्रभाव पाएपछि पार्टीेतृत्वले आगामी पार्टीे राष्ट्रिय सम्मेलनलाई ध्यानमा राखी कुनै सहमतिको प्रयास नगरी अखिल क्रान्तिकारीको सम्मेलन पछि सरेको बताएको छ । एमाओवादीको राष्ट्रिय सम्मेलन आगामी बैशाख १८ गतेदेखि गर्ने तय भएको छ ।
यसअघि, एमाओवादीको भ्रातृ संगठन योङ कम्युनिष्ट लिग -वाइसीएल) को राष्ट्रिय सम्मेलनमा पनि नेतृत्व चयन नगरी सकिएको थियो । भदौ १५ गते राजधानीमा भएको सम्मेलनले गणेशमान पुनको संयोजकत्वमा पुरानै समितिलाई निरन्तरता दिएको थियो । त्यसबेला पनि संस्थापन, भट्टर्राई र श्रेष्ठ पक्षको कुरा नमिल्दा वाइसिएल नेतृत्व चयन गर्न असफल भएको थियो । मंसिरमा संविधानसभाको दोस्रो निर्वाचन आएको भन्दै एमाओवादीले पुरानै समितिलाई कायम राखेको थियो । पछि राष्ट्रिय सम्मेलन गर्ने भने पनि हुन सकेको छैन ।
यसैगरी, एमाओवादी राष्ट्रिय सम्मेलनको तयारी सुस्त देखिएको छ । चैत दोस्रो साता सदस्य नवीकरण गरी केन्द्रिय कार्यालय पठाउनुपर्ने निर्देशन भए पनि अझै पूरा भएको छैन । वैशाख पहिलो साताभित्र गाउँ सम्मेलन गरिसक्ने कार्यतालिका बनेको छ । सदस्यता नवीकरणको काम नसकिएकाले अधिकांश गाउँमा सम्मेलन हुन सकेको छैन । हालसम्म कुनै जिल्लाले पनि सदस्यता नवीकरण केन्द्रिय कार्यालयमा पठाउन सकेका छैनन् । बारा, पर्सारौतहटमा सदस्यता नवीकरणमै विवाद देखिएको छ । विवादका कारण ती जिल्लामा सम्मेलन तोकिएकै समयमै हुन कठिन भएको एक नेताले बताए । ६० भन्दा बढी जिल्लामा सम्मेलन भएमा जसरी पनि राष्ट्रिय सम्मेलन गर्ने एमाओवादीको तयारी छ । प्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रतिनिधि चयन हुने भएकाले नेताहरु जिल्ला दौडाहामा लागेका छन् । सम्मेलन नजिकिँदै गर्दा शर्ीष्ानेताहरुबीच भने मतभेद बढ्दै गएको छ । हालै सम्पन्न अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहाल, नेताद्वय बाबुराम भट्टर्राई र नारायणकाजी श्रेष्ठका पक्षबीच तीव्र विवाद भएपछि पुरानै समितिले निरन्तरता पायो । संस्थापन पक्षले क्रान्तिकारीको नेतृत्व निर्वाचनबाट चयन गर्ने तयारी गरेपछि विवाद चर्किएको थियो । यो विवादले पार्टीे राष्ट्रिय सम्मेलन र्सने संकेत देखिएको छ । एमाओवादीले जेठ १८ गतेदेखि सुरु हुने गरी राष्ट्रिय सम्मेलनको मिति तोकेको छ ।

प्रतिक्रियाहरु